ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको मिलेमतोमा झापामा तस्करी मौलायो


admin
१५ श्रावण २०७४, आइतबार   ११ : ०९   बजे

झापा, साउन १५ । भारतसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रमा कचनकवल लगायतका क्षेत्रलाई तस्कर समूहले ट्राञ्जिट पोइन्ट बनाएका छन् ।

झापा प्रहरीले भद्रपुर र काकरभिट्टा नाकामा निगरानी बढाएसँगै तस्कर समूहले पछिल्लो कचनकवल लगायतका क्षेत्रलाई ट्राञ्जिट पोइन्ट बनाएका हुन् । तस्कर र स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरीसँग लाइन मिलाएर दैनिक लाखौं मुल्य बराबरको अबैध सामान भित्राउने श्रोतको दावी छ ।

हल्दीबारी क्षेत्रमा मौलायो तस्करी
पछिल्लो समय हल्दीबारी क्षेत्रमा समेत तस्करी मौलाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले शनिवार विशेष सुराकीको आधारमा हल्दिवारी–५ स्थित जलथलको क्षेत्रको जंगलको बाटोबाट अबैध सामान बरामद गरेको छ । तर, प्रहरीको निसानामा ५० हजार मुल्यको अबैध सामान मात्र पर्यो ।

स्रोतका अनुसार हल्दिबारी क्षेत्रमा बस्ने रञ्जित साह हल्दीबारी क्षेत्रमा तस्करको एजेन्ट हुन । प्रहरीले शनिवार साहकै घर लैजाँदै गरेको सामान बरामद गरेको हो । शाहले भारतका मोहम्मद अजबुल र नेपालका घेरा राजवंशीसँग मिलेर तस्करी गर्दै आएको समेत खुलासा भएको छ । अजुबल भारतबाट नेपाल भित्राउने र राजवंशी नेपाल भित्राइएको सामान एजेन्ट शाहको घरसम्म पु¥याउने व्यक्ति रहेको विशेष स्रोतले दावी गरेको छ ।

पहिला कम मुल्यका सामान्य सामान मात्र ओसार पसार गर्दै आएका साहले पछिल्लो समय करोडौको सामात्र भित्राउन थालेको बताइँन्छ । एक स्थानीय भन्छन् : साह भन्सार छलेर मासिक लाखौ मुल्य बराबरको सामान नेपाल भित्राउँने गर्छन् ।
स्थानीयवासीका अनुसार ठूलै समूह बनाएर तस्करी गर्दै आएका रञ्जित साहले ठूलो परिणाममा लत्ताकपडा, हार्डवेयरका सामग्री, इलोक्ट्रोनिक्स र सुर्तीजन्य वस्तु अबैध रुपमा केचना नाकाबाट नेपाल भित्राउने गरेका छन् ।

प्रहरीको मिलेमतोमा तस्करी
सामान्यबाट बढेमानको तस्करी बनेका रञ्जित साहलाई कचनकवल र हल्दिवारीका प्रहरीको समेत साथ मिलेको छ । उनले त्यस क्षेत्रका प्रहरीलाई मासिक रुपमा पैसा बुझाएर तस्करी गरिरहेको स्रोताले हामीलाई जानकारी दिएको छ । उनले, घेराबारी प्रहरीमा मासिक १२ हजार, केचनामा १२ हजार र पथरियामा ५ हजार रुपैयाँ बुझाउँदै आएका छन् । तस्करबाट मासिक रकम बुझ्नेमा शसस्त्र प्रहरीको समेत नाम जोडिएको छ ।

भातरीय तस्करको पैसा नेपाली प्रहरीलाई
नेपालका तस्करको पैसा लिइरहेको घेराबारी, केचना र पथरियाका प्रहरीले रञ्जित शाहका भारतीय तस्करा जोडी मोहम्मद अजबुलसँग पनि पैसा लिने गरेको पत्ता लागेको छ । भारतीय तस्कर अजुबलले केचना, घेराबारी र पथरियाका प्रहरीलाई मासिक ३ देखि ५ हजारसम्म लाइन बुझाउँने गरेका छन् ।

पैसा खाएको पाए कारवाही : प्रहरी
कचनकवलमा पर्ने केचना र घेराबारी नाकाबाट पछिल्लो समय गाजा, ड्रक्स, अफिम लगायतका लागुऔषध समेभ नेपाल भित्रिरहेको प्रहरीको दावी छ । यी क्षेत्रबाट नेपाल लागुऔषध वित्रिरहेको आफुलाई समेत जानकारी आएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्री बताउँछन् । लागुऔषध भित्रिएकोबारे जानकारी प्राप्त भएपछि त्यसक्षेत्रका प्रहरी इन्चार्जलाई समेत सचेत गराइसकिएको जिल्ला प्रहरी कार्यालयका भनाइ छ । तस्करीसँग साठगाठ गरेको पाए कारवाही गरिने बताउँछन् एसपी क्षेत्री ।

झापाका प्रहरीसँगको मिलेमतोमा भइरहेको तस्करीबारे अडियो रेकर्ड हामीले प्राप्त गरेका छौं । स्रोतको सुरक्षाका दृष्टिले हामी अडियो रेकर्ड सार्वजनिक गर्न असमर्थ छौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group