ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि माओवादीको मध्यपहाडी अभियान


abc news
२ जेष्ठ २०८२, शुक्रबार   ९ : ४३   बजे

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्ष दल माओवादीको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान शुक्रबारबाट सुरु हुँदै छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैतडीको पाटनबाट अभियानको सुरुवात गर्दै छन् ।

प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अभियानमा खटिनेछन् । मध्यपहाडी अभियान दुई चरणमा सम्पन्न गर्ने माओवादीको योजना छ । दुवै चरणको अभियान जेठभित्रै सक्ने तयारी छ ।

संघीय संसद्मा १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण अभियान दुई चरणमा गर्नुपरेको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । ‘मध्यपहाडी अभियान शुक्रबारबाट सुरु हुँदै छ । दुई चरणमा अभियान सक्नेछौँ । बिचमा १५ जेठमा बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्थाका कारण केही दिन अभियान स्थगित हुन्छ । त्यसपछि फेरि सुरु हुन्छ । दोस्रो चरणको कार्यक्रम पछि तय गरिनेछ । जेठभित्रै मध्यपहाडी अभियान सक्छौँ,’ उनले भने ।

मध्यपहाडी लोकमार्गमा पर्ने प्रत्येक स्थानमा पार्टीको प्रत्येक प्रदेश समितिले एक–एक स्थानमा जनसभा आयोजना गर्नेछन् । प्रत्येक जिल्ला समन्वय समितिले एक–एक स्थानमा जनसभा आयोजना गर्नेछन् । पहिलो चरणमा अभियान १० जेठमा पोखरा पुगेर समापन हुनेछ ।

दोस्रो चरणको अभियान बजेट प्रस्तुत भइसकेपछि सुरु हुनेछ र सोलुमा पुगेर समापन हुनेछ । दोस्रो चरणको कार्यक्रम पछि तय गरिने सापकोटाले बताए । यसअघि १२ फागुनदेखि १७ वैशाखसम्म माओवादीले हुलाकी राजमार्गकेन्द्रित अभियान सञ्चालन गरेको थियो । उक्त अभियान सोचेभन्दा बढी उपलब्धिमूलक भएको माओवादी निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu