ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणले सूचनाविना लाइन छाड्दा मजदुरको मृत्यु भएकोबारे संसद्‍मा ध्यानाकर्षण


abc news
४ जेष्ठ २०८२, आइतबार   १२ : ०८   बजे

काठमाडौ ४ जेठ । काभ्रेको धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको षियमा संसद्‍मा ध्यानाकर्षण गराइएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादीका काभ्रेबाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीका कारण ती मजदुरको ज्यान गएको बताए।

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका(७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा(१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार मृत्यु भएको थियो।

‘हिजो काभ्रेमा एकजना मजदुरको ज्यान गएको छ, जिल्ला विद्युत प्राधिकरणले बन्दको सूचना दिएता पनि मदुर काममा रहेका बेला खोलियो,’ तामाङले भने, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीका कारणले उपेश दमाईको मृत्यु भएको छ।’

उनले थपे, ‘त्यसको सत्य थत्यको छानबिन होस्।’

त्यस्तै सांसद शिव नेपालीले पनि घटनाको छानविन गरी कारबाही गर्न माग गरेका छन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि परियारको मृत्यु भएको नभइ हत्या भएको भन्दै मुद्दा चलाउन माग गरे। ‘जसरी घटना भएको छ, त्यो दुर्घटना मान्न सकिँदैन,’ शाहीले भने, ‘त्यो हत्याको रुपमा दर्ज होस् र ज्यान मार्ने उद्योगमा रुपमा मुद्दा दर्ता होस्।’

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको थियो।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group