ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु – अध्यक्ष प्रचण्ड


abc news
४ जेष्ठ २०८२, आइतबार   ५ : ३६   बजे

काठमाडौं, ४ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्तिका लागि युवा जसरी देश दौडाहमा लागेको बताएका छन् । उनले बाँकी क्रान्ति पुरा गर्न साथ दिन आग्रह गरे।

प्रचण्डले माओवादीको त्याग र बलिदानले मजदुर, किसान, दलित, जनजाति र महिलाले अधिकार पाएको दाबी गरे। उनले गणतन्त्रको रक्षाका लागि अपिल गरे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिका लागि २५/३० वर्षको युवा जसरी देश दौडाहमा लागेको बताएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत आइतबार दैलेखको सदरमुकाममा आयोजित सभालाई सम्बोधन गरेका उनले बाँकी क्रान्ति पुरा गर्न आफूलाई साथ दिन अपिल गरे ।
‘हुन त यहाँ अन्य नेताभन्दा एकरदुई वर्ष जेठो छु । म ७० वर्ष नाघे पनि तपाईंले देख्नुभएको छ– २५/३० वर्षको जवान जसरी त्यसै दौडेको होइन । बाँकी क्रान्ति पुरा गर्ने उद्देश्यले दौडेको हो । त्यसैले हाम्रो अभियानलाई साथ दिन म अपिल गर्छु’, उनले भने ।

मजदुर, किसान, दलित, जनजाति, महिलाले अहिले जे जति अधिकार पाएका छन्, त्यो माओवादीका त्याग, तपस्या र बलिदानले पाएको प्रचण्डले दाबी गरे । तर अहिले यथास्थितिवादी र प्रतिगामीहरूले यसलाई खोस्न चाहेको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अझ अगाडि बढाउन चाहेका बताए ।

त्यसका निम्ति निर्धक्क भएर टोल टोल र घरघरमा गएर जनतासँग यी कुरा बताइदिन अपिल गर्दै उनले भने– ‘आउने समयमा माओवादी बलियो हुँदा दलित बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा महिला बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा मजदुर र किसान बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा नेपाल बलियो हुनेवाला छ । त्यसकारण यो कुनै घमन्डको कुरा होइन । यो ऐतिहासिक तथ्य हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group