ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर विवादमा जनमतका पूर्वकोषाध्यक्ष यादव ५ लाख धरौटीमा रिहा


abc news
४ जेष्ठ २०८२, आइतबार   ६ : ०५   बजे

काठमाडौ ४ जेठ । जनमत पार्टीका पूर्व कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका ४ को कित्ता नम्बर ९४३ मा खरिद गरेको घर पार्टीलाई फिर्ता नदिएको भन्दै जनमतले उनीविरुद्ध जाहेरी दिएको थियो।

जनमतका प्रवक्ता डा। शरदसिंह यादवको जाहेरीपछि ललितपुर प्रहरीले उनलाई सप्तरीबाट पक्राउ गरी ल्याएर अनुसन्धान गरेको थियो।

सुरेन्द्रले पार्टीले अध्यक्ष सिके राउतको लागि खरिद गरेको घर पत्नी ललिताकुमारी यादवको नाममा पास गरेको र पछि नामसारी गरिदिन नमानेको अभियोग छ।

उक्त घर पार्टीको नाममा नामसारी गरिदिन अदालत समक्ष आदेश माग गरिएको छ।

सुरेन्द्रनारायण यादव जनमत पार्टीको कोषाध्यक्ष पदमा रहँदा अध्यक्ष डा चन्द्रकान्त राउत ९सीके० का लागि पार्टीले काठमाडौँमा घर खरिद गर्ने निर्णय गरेर यसको जिम्मा कोषाध्यक्षलाई दिएको जनमतको दाबी छ।

घर खरिदका लागि केही रकम सहयोग लिएको र बाँकी गरिमा विकास बैंकबाट ऋण लिएको जनमतको भनाई छ। सुरेन्द्रनारायण यादवले २०८० जेठमा श्रीमती ललिताकुमारी यादवको नाममा ललितपुरको इमाडोलमा १४३।१२ वर्ग मिटर जग्गामा रहेको घर खरिद गरेका थिए।

पार्टीको लागि भनी खरिद गरेको घरको ऋणको किस्ता पनि २२ महिनादेखि पार्टीले नै तिर्दै आएको प्रमाण पेश गरेको छ।

पार्टीको प्रयोजनका लागि खरिद गरेको घरजग्गा नामसरी गर्न सुरुमा ४० लाख रूपैयाँ माग गरेका सुरेन्द्रले त्यो रकम भुक्तानी पाएपछि पनि घर नदिएको आरोप छ।

साढे तीन तले, ८ कोठा भएको पक्की घर एक करोड ५० लाखमा खरिद गरेका थिए।

सोही घरजग्गा बैंकमा धितो राखी ऋण लिएको र महिलाको नाममा पास गर्दा कर कम लाग्ने भएकाले श्रीमती ललिताको नाममा २०८० जेठ २५ गते पास गरेको उनले बताएका छन्।

सुरेन्द्र यादवले आफूमाथि लगाएको आरोप झुटो भएको दाबी गरेका छन्। उनले जनमतका अध्यक्ष राउतले बस्ने ठाउँ नभएको भन्दै काठमाडौँ बस्नका लागि आफूलाई घर खरिद गर्न भनेको र त्यो घरमा बस्न दिन भनेको प्रहरीलाई बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group