ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म पनि दैलेखी नै हुँ– अध्यक्ष प्रचण्ड


abc news
४ जेष्ठ २०८२, आइतबार   ७ : २८   बजे

काठमाडौं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी भएको बताएका छन् । आइतबार दैलेख सदरमुकाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पुर्खा दैलेखी नै भएकोले आफुपनि दैलेखी भएको बताए ।

‘केही समयअघि प्रधानमन्त्रीकै हैसियतमा दैलेखको दह गाउँमा आएर हाम्रो पुर्खाहरूको सालिक अनावरण गरेको थिएँ,’ उनले भने, ‘आज म तपाईँहरू दैलेखवासीकै अगाडि उभिएर म पनि दैलेखी नै हुँ भन्दा गर्व लागेको छ ।’ दैलेख आफ्नो पुर्खाहरूको थलो भएकाले विशेष महत्त्व लाग्ने गरेको पनि उनले बताए । दैलेख जिल्लाको दुल्लु नगरपालिका ३३ वटा जातजातिको थलो हो । दुल्लुकै दह गाउँ दाहालहरूको उद्गम थलो हो । प्रचण्डले दैलेखमा जनयुद्धका क्रममा भएका केही कमजोरीलाई स्मरण गरे । युद्धका क्रममा माओवादीको कमजोरीका कारण ‘दुल्लु विद्रोह’ भएको थियो । त्यहाँ जनताहरू माओवादी विरुद्ध एकजुट भएर आन्दोलन नै गरेका थिए । उक्त घटनाले माओवादीभित्र एक खालको तरङ्ग नै पैदा गरेको थियो । प्रचण्डले भने, ‘जनयुद्धको वेलामा पनि दैलेखमा केही विवाद, कमीहरू पनि भएका थिए, त्यसलाई हामीले सच्याएका थियौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu