ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनिपालमा चाइनिज परम्परागत उपचार पद्धति गोष्ठी


abc news
४ जेष्ठ २०८२, आइतबार   ७ : ४३   बजे

पोखरा, ४ जेठ । मणिपाल शिक्षण अस्ताल पोखरामा दोस्रो अन्तर्राष्ट्रिय चाइनिज परम्परागत उपचार पद्धति सम्बन्धी ३ दिने गोष्ठी सुरु भएको छ ।

एलोपेथिक सेवा दिइरहेको मणिपालले प्राकृतिक उपचार पद्धतिमा ध्यान दिदैं रोटरी क्लब अफ पोखरासँगको समन्वयमा गोष्ठी सुरु गरेको हो । मंगलबारसम्म चल्ने गोष्ठीको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी पदेश सरकारले प्राकृतिक उपचार (आयुर्वेदिक) मा ध्यान दिइरहेको बताए । आईतबार मात्र पोखरा–२६ लेखनाथस्थित गण्डकी आयुर्वेद अस्पताल कास्कीमा अन्तरंग सेवा सुरु गरिएको सो अवसरमा उनले जानकारी दिए । यसका साथै विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । यसमा मणिपालले पानि सहयोग गरेको उनले बताए । ‘नेपाल कै ठूलो अस्पताल मणिपालले प्राकृतिक तथा परम्परागत उपचार पद्धतिका बारेमा जानकारी दिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद छ,’ उनले भने, ‘यो कार्यक्रमले यस अस्पतालले एलोपेथिकसँगै प्राकृतिक उपचार पद्धतिलाई पनि प्राथमिकता दिएको छ ।’

गोष्ठीका लागि चिन, मकाउ र मलेसियाका १५ जना डाक्टर मणिपाल आएको मणिपाल अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले जानकारी दिए । अघिल्लो संस्करण मकाउमा भएको यो कार्यक्रम रोटरी क्लबसँगको सहकार्यमा यहाँ ल्याइएको उनले सुनाए ।

गोष्ठीका लागि नेपालका योगा सम्बन्धी डाक्टरहरुसँगै सर्वसाधरणलाई आह्वान गरिएको छ । गोष्ठीमा सहभागिताका लागि निशुल्क प्रवेश रहेको छ । निकट भविष्यमै अस्पतालले योगा र आयुर्वेद उपचार पद्धतिलाई पनि प्राथमिताका साथ अघि बढाउने योजना रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group