ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचपटकको पेसीपछि रविको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा


abc news
५ जेष्ठ २०८२, सोमबार   ११ : ३७   बजे

काठमाडौ ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन पाँचपटकको पेसीपछि आज हेर्न मिल्ने न्यायाधीशको इजलासमा पर्ने भएको छ।

यसअघि पाँचपटकको पेसी हेर्न नमिल्ने न्यायाधीशको इजलासमा तोकिएपछि सर्वोच्च अदालतले अब हेर्न मिल्ने न्यायाधीशकोमा पार्न आइतबार आदेश दिएको थियो।

यसबमोजिम आज उनको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए।

‘अदालतले आदेश दिइसकेको छ, हामी अहिले प्रक्रियामै छौँ, अब उहाँको निवेदनको पेसी हेर्न मिल्ने न्यायाधीशकै इजलासमा तोकिन्छ’, उनले नेपालखबरसँग भने।

योसँगै अब लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ हुने देखिएको छ।

पछिल्लोपटक आइतबार रविको उक्त रिट निवेदन न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलकै इजलासमै पेसी तोकिएको थियो। तर न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका थिएनन्।

यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेल रहेकै इजलासमा पेसी तोकिएको थियो।

न्यायाधीश हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ गरेका थिएनन्।

वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेनन्।

रविसँगै पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि साथै राखेर पेस गरिएको छ।

उनीहरू दुवै जना रुपन्देही कारागारमा छन्। जिल्ला अदालत रुपन्देहीले छविलाई पुर्पक्षका लागि थुनामा पठाउँदा रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो।

तर उच्च अदालतट बुटवलले रविलाई पनि थुनामा पठाउने आदेश गरेको थियो। उनलाई थुनामा पठाउने आदेश आएकै दिन प्रहरीले पक्राउ गरेको थियो।

तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग लामिछानेले रिटमा गरेका छन्।

यस्तै थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन्। यी सबै निवेदन साथै राखेर पेस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group