ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ५ करोड ७९ लाख बिगो दाबी


abc news
५ जेष्ठ २०८२, सोमबार   २ : ४५   बजे

काठमाडौ ५ जेठ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। आर्थिक वर्ष ०७५र०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको हो।

पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसहित ५ जना र खरिदमा संलग्न कम्पनीले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसीरजीएनसीबी(६(०७५र०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ुट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसीु शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र तीन वर्सेको वारेन्टीसहित अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको अख्तियारको दाबी छ।

आयोगका अनुसार मिलिमतोमा स्वार्थ बाझिने गरी उक्त कार्यको लागत अनुमान तयार गरेको, सम्झौताअनुसार अनसाइट सपोर्ट वारेन्टी प्राप्त नभएको तर रकम भने भुक्तानी लिएको देखिएको छ।

यो कार्यबाट राज्यलाई ५ करोड ७९ लाख रुपैयाँ बढी भुक्तानी लिई हानी पुर्‍याएको अख्तियारको आरोप छ।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ अनुसारको कसुरमा पौडेलसहित सबैविरुद्ध सोही रकम बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

उनीविरुद्ध यसअघि एउटा ठेक्कामा ४ लाख डलरबाट घुसको बार्गेनिङ सुरु गरी २ लाख ८० हजारमा पक्का गरेको पाइएको थियो।

आयोगले पौडेल र ठेकेदार कम्पनीका एजेन्ट भारतीय नागरिक दीपक आनन्दबीच ह्वाट्सएपबाट भएको कुराकानीको विस्तृत विवरण नै फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group