ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गभर्नर नियुक्तिको विषय थप पेचिलो : एमाले र कांग्रेसबीच अविश्वास बढ्दो


abc news
६ जेष्ठ २०८२, मंगलबार   १० : ०५   बजे

काठमाडौ ६ जेठ । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय थप पेचिलो बनेको छ । सत्तारुढ मुख्य दुई दल एमाले र कांग्रेसबीच अविश्वास बढ्दै गएको छ ।

गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको भनिएको हिजोको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा बस्न सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट बन्नुभएको छ । उहाँ प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा जानुभएन ।

मन्त्रिपरिषद् बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटारमा बोलाउनुभएको थियो ।

गएको चैत ११ मा गभर्नर सिफारिश समिति गठन भए पनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन । बरु समिति नै दुई पटक पुनर्गठन भइसकेको छ ।

पछिल्लो पटक कांग्रेसले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेको छ । तर यसमा ठोस सहमति जुट्न सकेको छैन ।

पौडेलको विषयमा सर्वोच्च अदालतमा परेको निवेदन सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गर्नुभएको थियो ।

गएको चैत २४ मा गभर्नर महाप्रसाद अधिकारीको अवकासपछि पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu