ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व शान्तिका लागि आठ हजारले गरे भावातीत ध्यान


admin
११ चैत्र २०७४, आइतबार   ८ : ०५   बजे

काठमाडौँ, ११ चैत । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसर पारेर आज अपराह्न ५ बजे विश्वको सामूहिक चेतना वृद्धिका लागि सहयोग पु-याउन आठ हजार भन्दा बढीले भावातीत ध्यानसहित सिद्धि कार्यक्रम गरे ।

ग्रीनवीच समय रेखालाई आधार मानेर प्रत्येक देशको समयअनुसार अपराह्न ५ बजे १९२ देशमा ध्यानसहितको सिद्धि कार्यक्रम गरिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृहराज्य मन्त्री दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

नेपालमा फाउन्डेसनको कार्यालय सिफल, भावातीत ध्यानसहित सिद्धि कार्यक्रम लागू भएका देशभरका ७५ गुरुकूल, भावातीत ध्यान सहित सिद्धि कार्यक्रम र चेतनामा आधारित शिक्षा लागू भएका विद्यालय र बनेपास्थित चेतना केन्द्रमा गरी आठ हजारभन्दा बढी नेपालीले एकैपटक सामूहिक ध्यानमा सहभागी भएर विश्वव्यापी अभियानलाई सहयोग पु¥याएको उहाँले बताउनुभयो ।
विश्वशान्ति राष्ट्रका प्रधानमन्त्री डा वेभेन मोरिसको प्रत्यक्ष निगरानीमा दोस्रो पटक विश्वव्यापीरुपमा सामूहिक ध्यान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमले विश्वको सामूहिक चेतनाको सहसम्बद्धतामा वृद्धि गरी दिगो विश्व शान्तिका लागि योगदान गर्ने विश्वास गरिएको छ ।

यसअघि पुस २९ गते वैदिक ज्ञानका विश्वव्यापी प्रचारक महर्षि महेश योगीको १०१औँ जन्मजयन्तीका अवसरमा पहिलो पटक विश्वव्यापी भावातीत ध्यानसहित सिद्धि कार्यक्रम गरिएको थियो । नेपालमा यो कार्यक्रमको संयोजन फाउण्डेसनले गरेको थियो । सो कार्यक्रममा नेपालबाट सात हजार ५०० ध्यानीले सहभागिता जनाएका थिए ।

भावातीत ध्यान ऋग्वेदको १०औँ मण्डलबाट लिइएको हो । आद्य शंकराचार्यले वैदिक ज्ञान प्रचारप्रसारका लागि स्थापना गरेका चार मठमध्ये ज्योतिर्मठका शंकराचार्य ब्रह्मानन्द सरस्वतीले महेश योगीलाई भावातीत ध्यानसहितको वैदिक ज्ञान दिनुभएको थियो ।

शंकराचार्य ब्रह्मानन्दको आज्ञाअनुसार महर्षि महेश योगीले भावातीत ध्यानसहितको सिद्धि कार्यक्रमको विश्वव्यापी प्रचारप्रसार गर्नुभएको फाउण्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group