ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूको नोकझोक


abc news
७ जेष्ठ २०८२, बुधबार   ५ : ०७   बजे

काठमाडौ ७ जेठ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच नोकझोक चलेको छ । बुधबार समितिको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच केहीबेर नोकझोक चलेको हो ।

समितिको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी बोलिरहेका थिए । उनले सत्तारुढ दलकै सांसद लेखा समितिको सभापति भएको विषयप्रति आपत्ति जनाउँदै थिए ।

उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने कुरा उठाए ।

‘‘म आरोप लगाउन त चाहन्न, तर तपाईंहरूको पार्टीको प्रधानमन्त्री हुनुहुन्छ, लेखा समितिको सदस्य पनि तपाईंहरूको पार्टींकै हुनुहुन्छ,’ मोदीले भनेका थिए, ‘अनि फरक मत पनि, पुरक प्रश्न पनि तपाईंहरू नै राख्नुहुन्छ । तपाईंहरू सिधा रुपमा गिजोलिराख्नुभएको छ । अनि प्रश्न उठ्दैन रु

त्यही बीचमा नेकपा एमालेका सांसद गोकुल बास्कोटा, योगेश कुमार भट्टराई लगायतसँग नोकझोक चल्न थाल्यो ।

त्यहीबीचमै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एमालेका मात्रै सांसदलाई बोल्न दिएको भन्दै आपत्ति जनाए ।

उनलाई जवाफ दिँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘गलत ब्याख्या नगरौं है रु’

उनले लेखा समितिको बैठकलाई दलीयकरण नगर्न पनि आग्रह गरे ।

‘यो दलीय बैठक होइन नि । अहिले हामी सबै एउटै हौं । गलत कुरा चाहिँ नगरौं है रु,’ उनले भने, ‘यो मैले लेखेको होइन । यो सचिवालयले नै टिपाएको नाम हो । आफ्ना आफ्ना कुरा ढुक्क गरेर राखौं ।’
सोही बीचमा एमाले सांसद बास्कोटाले प्रतिप्रश्न गरे ।

‘अनि म एमाले भएर बोल्या हो त ?

त्यही बीचमा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ‘दुई दुई पटक योगेशीले कुरा राख्नुभयो’ भन्दै प्रश्न गरे ।

उनको प्रश्नमा यागेशले तुरुन्तै प्रतिप्रश्न गरिहाले, ‘मैले मेरो कुरा राख्न पाउँदिन रु को हो तपाईं मलाई डिक्लियर गर्ने रु’

बास्कोटाले भने आफूलाई सभापतिले समय दिएकाले बोलेको बताए । केहीबेर बैठक तनावपूर्ण बन्यो ।

माओवादी सांसद लेखनाथ दाहाल र मोदी स्वतन्त्र सांसद सिंह, एकीकृत समाजवादीका सांसद आले लगायतबीच सवालजवाफ चलेको थियो ।

सभापति पोखरेलले सांसदहरूलाई नियमावली सम्झाउँदै दलका प्रतिनिधि नभएको बताए ।

सांसद आलेले सत्ता पक्षलाई जस्तै आफूहरूलाई पनि दुई पटक बोल्न दिनुपर्ने बताए ।

‘तपाईंलाई दुइपटक बोल्न दिएको छ । हामी पनि दुईपटक बोल्छौं,’ सांसद आलेले भने ।

लगत्तै, सभापति पोखरेलले माओवादी सांसद मोदीलाई बोल्न आग्रह गरे ।

मोदी बोल्न लाग्दा पनि एमाले सांसद बास्कोटाले आपत्ति जनाए । उनले भने, ‘एमाले भएर यहाँ बसेको होइन । मेरो गम्भीर आपत्ति छ नि । म बोल्न नपाउने रु म लास्टमा आएँ । यहाँ बसेँ । अनि एमाले पहिला बोलेको भन्ने ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group