ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध भ्रष्टाचार मुद्दा


abc news
७ जेष्ठ २०८२, बुधबार   ५ : ३९   बजे

काठमाडौ ७ जेठ । सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

बाँफीकोट गाउँपालिका–२ मा पीपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको अभियोगमा ओलीसहित प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगले बुधबार जनाएको छ।

आव २०७९र८० मा उक्त सडक निर्माण योजनाका लागि संघीय सरकारबाट प्राप्त रकममध्येबाट लागत अनुमान भ्याटसहित एक करोड ९९ लाख ८२ हजार ७९३रुपैयाँ कायम भएको उक्त योजना सञ्चालनका लागि बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट बीच ७७ लाख ४४ हजार ५७० रुपैयाँमा सम्झौता भएको थियो।

निर्माण कार्य फिल्ड प्रतिवेदनअनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरी फिल्डमा भएको कामभन्दा बढी सड्क निर्माण भएको भनी निर्धारित मापदण्डविपरीत भएको निर्माण कार्यलाई लुकाइ छिपाइ झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गराएको अभियोग उनीहरूमाथि लगाइएको छ।

अख्तियारको अनुसन्धानले २१ लाख ६३ हजार ८६५ रुपैयाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी दिनेरलिने कार्य गरेको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। अभियोगपत्रमा चारैजनासँग २१ लाख ६३ हजार ८६५ रुपैयाँ मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group