ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक जना नेपाली पक्राउ


abc news
८ जेष्ठ २०८२, बिहिबार   ३ : ४७   बजे

काठमाडौ ८ जेठ । भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ।

दिल्ली प्रहरीले ९स्लिपर सेल नेटवर्क० गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय टेलिभिजन संस्था एनडिटिभीले दाबी गरेको हो।

स्लिपर सेल नेटवर्क गोप्य समूह हो। जसमा कुनै पनि व्यक्ति सामान्य नागरिकसरह समाजमा घुलमिल भएर बस्छन् र आदेश प्राप्त नगरेसम्म उनीहरूले कुनै पनि क्रियाकलाप गर्दैनन्।

दिल्ली प्रहरीका अनुसार जनवरीदेखि मार्चसम्म अपरेशन सञ्चालन गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूबाट गोप्य कागजातहरू बरामद गरेको उल्लेख गरिएको छ।

पक्राउ पर्नेमा अन्सरूल मियाँ अन्सारी छन्। उनी नेपाली नागरिक भएको समाचारमा उल्लेख छ।

दिल्ली प्रहरीले उनीसहित अर्का व्यक्तिविरूद्ध पनि अभियोग दर्ता गरिसकेको छ। उनीहरू दुवै जना हाल तिहाड जेलमा छन्।

अन्सारी दिल्लीबाट पाकिस्तान जान लाग्दा पक्राउ परेका थिए।

उनी पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स ९आइएसआई० आइएसआईमा संलग्न रहेको दाबी गरिएको छ।


आइएसआईले उनलाई गोप्य कागजातका सिडी बनाएर पाकिस्तानमा पठाउने जिम्मेवारी दिइएको दाबी छ।

उनीसँग सोधपुछपछि प्रहरीले अर्का व्यक्तिलाई पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ गरेपछि उनले आफू कतारमा ट्याक्सी ड्राइभर भएको र त्यहाँ आइएसआईसँग सम्पर्कमा आएको बताएको भनेर समाचारमा उल्लेख छ।

आइएसआईका एजेन्टलाई भेटेपछि तालिमका लागि अन्सारीलाई पाकिस्तान लगिएको र त्यहाँबाट नेपाल हुँदै दिल्ली पठाएको भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group