ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राजदूत थम्प्सन मुस्ताङमा


abc news
९ जेष्ठ २०८२, शुक्रबार   ३ : ०३   बजे

काठमाडौ ९ जेठ । नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसन घुमघामका क्रममा मुस्ताङ पुगेका छन्।

सांस्कृतिक सम्पदाको अवलोकन गर्ने क्रममा उनी मुस्ताड्ड पुगेका हुन्।

नेपाल र अमेरिकाबीचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पुर्‍याउने उद्देश्यले राजदूत थम्पसनले मुस्ताङ भ्रमणमा गर्न पुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष ९एएफसीपी० को सहयोगमा जीर्णोद्धार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण पनि गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। साथै उनले स्थानीय समुदाय तथा परियोजना टोलीहरूसँग छलफल तथा अन्तर्क्रिया गर्नेछन्।

एएफसीपीमार्फत जीर्णोद्धार गरिएका सम्पदाको स्थलगत अवलोकनका क्रममा राजदूत थम्पसनले उपल्लो मुस्ताङमा शनिबार सुरु हुने तिजी पर्वको अवलोकन गर्नेछन्।

आज बिहीबार उनले वारागुङ मुक्तिक्षेत्र–२, झोङस्थित गुम्बाको अवलोकन गरे। एएफसीपीबाट जीर्णोद्धार सम्पन्न भएको झोङ गुम्बाको अवलोकनका क्रममा राजदूत थम्पसनले यहाँको समुदायको पहिचान एउटा जीवन्त हिस्सा भएको धारणा व्यक्त गरे। जीर्णोद्धारसम्बन्धी कार्यबाट यहाँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जर्गेना गर्न टेवा पुग्ने उनको भनाइ थियो।

मुस्ताङमा एएफसीपीमार्फत तीन परियोजनामा सहयोग प्राप्त भएको छ। राजदूत थम्पसनले आज भ्रमण गरेको झोङ गुम्बाका साथै गोन्पा गाङ गुम्बा, लोघेकर गुम्बा ९घर गुम्बा० तथा लोमान्थाङस्थित जम्पा ल्हाखाङ गुम्बा, थुप्चेन गुम्बा र छोडे गुम्बाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu