ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा एकतर्फी गाडी चल्न थाले


abc news
१० जेष्ठ २०८२, शनिबार   ११ : ४८   बजे

काठमाडौ १० जेठ । पूर्वपश्चिम राजमार्गको नवलपरासी दाउन्ने खण्डमा एकतर्फी गाडी चल्न थालेका छन् । गएराति परेको पानीले दाउन्ने सडकखण्डको खुर्सानी खोलानजिक सडक भत्किएको थियो ।

बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलामा गएराति ११ बजेतिर भत्किएको सडक बिहान ८ बजेपछि मर्मत थालेर झन्डै डेढ घण्टाको प्रयासमा सडक एकतर्फी खुलेको हो ।

अहिले रोकिएका गाडीलाई आलोपालो गरेर गन्तव्यतर्फ लाग्ने व्यवस्था मिलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी जवान मोहन शाहीले उज्यालोलाई जानकारी दिनुभयो ।

दाउन्ने खण्ड केही दिन अघिदेखि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य हुँदै आएको छ । यो सडकमा यात्रा भने सहज छैन ।

गएराति बाटो भत्किएपछि पश्चिमबाट पूर्व जाने गाडी बर्दघाट र पूर्वबाट पश्चिमका लागि छुटेका गाडी दुम्किबास ज्यामिरेमा रोकिएको थियो ।

अहिले रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लाग्न थालेका छन् । सडक दुईतर्फी नै खुलाउन भने समय लाग्ने ट्राफिक प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu