ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती कर्मचारीहरू आन्दोलित, सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना


abc news
११ जेष्ठ २०८२, आइतबार   १ : २७   बजे

काठमाडौ ११ जेठ । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन्।

कर्मचारीहरूले वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन्।

निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्‍टता रहेको र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको बताएका छन्।

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र दश वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागि हुन पाउने व्यवस्था कायम हुनुपर्ने, कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्ने लगायतका मागहरू रहेको बताए।

कार्यवाहक अध्यक्ष कटुवालले मेचीको मान्छे दार्चुला गएर काम गर्ने वाध्यता रहेको उल्लेख गर्दै कर्मचारी घर जान पाउने कि नपाउने रु भन्दै प्रश्न गरे। ट्रेड युनियन सञ्जालका ११ बुँदे मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ।

उनले भने, ‘आज नेपाल निजामती कर्मचारी युनियनले ट्रेड युनियन सञ्जालका ११ बुँदे मागहरूको सम्बन्धमा एउटै मुद्दा बोकेर आजसम्म हिँडेको अवस्था छ। हाम्रा ११ बुँदे मागहरूमा हामीले कर्मचारीको वृत्ति विकासका कुराहरू गरेका छौँ।’

करार कर्मचारीहरूले रित्तो हात घर फर्कन नपर्नेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्न गर्दा ‘ओलीका कार्यकर्ता’को ट्याग लगाउने प्रवृत्तिप्रति सांसद शाहीको आपत्ति

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu