ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको मुद्दाको आदेश संशोधन गर्दै सर्वोच्च अदालत


abc news
११ जेष्ठ २०८२, आइतबार   २ : १५   बजे

काठमाडौ ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आदेशमा संशोधन गर्न सर्वोच्च अदालतले आइतबार पेसी राखेको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएको थियो।

रवि र छविलाल हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा छन्। उनीहरूले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

तर उक्त रिटमाथि आदेश गर्दा सामान्य त्रुटि भएपछि सच्याउन आइतबार पेसी राखिएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

उनका अनुसार आदेशको शीर्षकमा न्यायाधीशहरूको नाम पछि ‘फैसला’ उल्लेख भएको हो।

त्यसमा आदेश हुनुपर्नेमा फैसला भएपछि त्यसलाई सच्याउन लागिएको हो।

‘अस्तिको आदेशमा फैसला उल्लेख भएको रहेछ। त्यसलाई आदेश बनाउनका लागि इजलास अधिकृतले नै उठाएको प्रतिवेदनको आधारमा पेसी चढेको हो,’ पाण्डेले भने।

सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकै आदेशलाई सदर गर्दै उनलाई पुर्पक्षको लागि थुनामै राख्न आदेश दिएको हो।

चैत २२ गते बुटवल इजलासले रविलाई थुनामै राख्न आदेश दिएको थियो। अब मुद्दाको किनारा नलाग्दासम्म रवि थुनामै बस्नुपर्ने भएको हो। त्यसपछि अदालतले गरेको फैसला बमोजिम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group