ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइतीघरमा अर्धनग्न प्रदर्शनमा उत्रिए सहकारी पीडित


abc news
११ जेष्ठ २०८२, आइतबार   २ : २१   बजे

काठमाडौ ११ जेठ । सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् ।

अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।

सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूको भनाइ छ ।

उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।

सहकारी पीडित बचतकर्ता महासंघले तयार गरेको प्रस्ताव तुरुन्त कार्यान्वयन गर, बिचौलिया खडा गरी जग्गा सेटलमेन्टको नाममा १० लाखको जग्गा ४० लाखमा धम्क्याउँदै पीडितलाई भिडाउन बन्द गर, कोष खडा गरेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

नाङ्‍गो हुनु रहर नभएर बाध्यता भएको भन्दै उनीहरूले सहकारी पीडितको माग पूरा नभए अझ नाङ्‍गो हुन तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu