ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


abc news
११ जेष्ठ २०८२, आइतबार   ३ : ४५   बजे

काठमाडौ ११ जेठ । कोसी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। आगामी आर्थिक वर्ष २०८२।०८३ को प्रदेश सभामा पेस भएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

कोसी प्रदेशको आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हामीले मठ, मन्दिर, गुम्बालाई यो वर्षको नीति तथा कार्यक्रमलाई ल्याउन नसकिएको बताए। थुप्रै आयोजनाहरू मध्ये रुग्ण आयोजनाहरूलाई यो वर्ष प्राथमिकतामा राखेर योजना यो वर्ष पुरा गर्ने भनेर नीति तथा कार्यक्रममा ल्याइएको प्रस्टीकरण दिए।

अघिल्लो प्रदेश सभामा नै पुरा हुनु पर्ने योजनाहरू तथा पुरा हुन नसकेको अझै पुरा हुन बाँकी योजनाहरू नीति तथा कार्यक्रमले समेटेको बताए। कोसी प्रदेश सभामा पेस भएको नीति तथा कार्यक्रममाथिको ३ दिनको छलफल पछि नीति तथा कार्यक्रम आइतबार पारित भएको हो।

छलफलमा ४६ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए। छलफलमा सांसदहरूले। उठाएका प्रश्नको जवाफ दिँदै कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले पहिलो आवधिक योजना अनुसार नै दोस्रो पञ्चवर्षीय योजना अघि सारिएकोले वार्षिक नीति कार्यक्रम र बजेट बनाएर अघि बढेको स्पष्ट पारे।

यो वर्ष विगत भन्दा पृथक् काम गर्ने योजना अनुसार नीति तथा कार्यक्रममा सुझाव दिनको लागि देश भरी नै नभएको नीति तथा कार्यक्रमको बारेमा सुझाव लिएर योजनामा समावेश गरिने बताए।

उनले राजश्वको दायरा बढाउनकोलागि राजश्वको दायरा बढाउने, आन्तरिक राजश्वको दायरा विस्तार गने नीति तथा कार्यक्रमले समावेश गरेको उल्लेख गरे। गत चैत मसान्तसम्ममा ७५ प्रतिशत लक्ष्य प्राप्त भईसकेकोले यो वर्ष शत प्रतिशत लक्ष्य पुरा गर्ने दाबी उनको छ।

वित्तीय सुशासनका कुरामा आफू प्रतिबद्ध रहेको बताएका मुख्यमन्त्री कार्कीले आन्तरिक राजश्व कार्यालय स्थापना गरी चालु आर्थिक वर्ष भित्र नै कार्यालय सञ्चालनमा आउने उद्घोष गरे।

नीति तथा कार्यक्रमको संशोधन राखेका नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र नेकपा एकीकृत समाजवादीका सांसद खिनु लङ्वाले राखेको संशोधन प्रस्तावको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो।

सांसदहरूले संशोधनमा कोसी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूति बाहेक, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उनीहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइने विषय हटाउन प्रस्ताव ल्याएका थिए।

दुवै जना सांसदले संशोधन प्रस्ताव फिर्ता नलिएपछि कोसी प्रदेश सभामा नीति तथा कार्यक्रम निर्माणार्थ पेस भएको थियो।

छलफल सकिएपछि कोसी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रस्तावलाई निर्माणार्थ पेस गर्दा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रमको संशोधन फिर्ता लिने बारेको ‘हुन्छ’ र ‘हुन्न’ भन्ने दुवै प्रस्तावमा हात उठाएका थिए। उनले हात उठाएको विषयमा अन्य सांसदहरू भने अलमलिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group