ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गंगानारायणहरू माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन्, पार्टी एकता होइन- महीन्द्र राय


abc news
१२ जेष्ठ २०८२, सोमबार   ११ : ०९   बजे

काठमाडौ १२ जेठ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष महीन्द्र राय यादवले पार्टीका सह(अध्यक्ष गंगानारायण श्रेष्ठ नेतृत्वको समूहले माओवादी केन्द्रसँग एकता गर्ने भनेर भ्रम छरेको आरोप लगाएका छन्।

सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले अहिले आफ्नो पार्टीमा फुट हुन नसक्ने दाबी पनि उनले गरे।

अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रसँग एकता गर्न ढिला गरेको भन्दै बहुमत सदस्य लिएर आइतबार श्रेष्ठले आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरेका छन्।

२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना आफ्ना पक्षमा आएको दाबी श्रेष्ठले गरेका छन्। यस्तै १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफूसँग रहेको दाबी उनको छ।

यही आधारमा उनले आइतबार आफू नेसपा संयोजकमा चुनिएको घोषणा गरेका हुन्। हिजो पार्टी फुटाएका श्रेष्ठले आज सोमबार माओवादी केन्द्रसँग एकता घोषणा गरिने जानकारी पनि दिएका छन्।

आज बिहान साढे ११ बजे ललितपुरको ग्वार्कोस्थित एक पार्टी प्यालेसमा पार्टी एकता कार्यक्रम गर्ने तयारी श्रेष्ठ समूहको छ।

तर, अध्यक्ष यादवले भने आज नेसपाबाट केही नेता माओवादी केन्द्रमा प्रवेश गर्न लागेको दाबी गरे।

‘हाम्रो पार्टीमा अहिले वैधानिक रुपमा फुट हुन सक्दैन,’ यादवले नेपालखबरसँग भने, ‘हाम्रो पार्टीमा भएको यसअघिकै फुटको विषयमा अदालतमा मुद्दा चलिरहेको छ। हाम्रो पार्टी र बाबुराम नेसपा नयाँ शक्तिका अध्यक्ष डा।बाबुराम भट्टराई०को पार्टीबीचको फुटको विषयको मुद्दा अहिले पनि अदालतमा विचाराधिन अवस्थामा छ। फुटकै विषयमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा कुन विधि र प्रक्रियाबाट फेरि उहाँहरु पार्टी फुटाउनु हुन्छरु’

यादव नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता हुने विषय लामो समयदेखि चर्चामा छ। यादव आफैँ माओवादी केन्द्रको समर्थनमा ०७९ को निर्वाचनमा माओवादीकै चुनाव चिन्हमा सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसदसमेत हुन्।

तर, पछिल्लो समय उनको माओवादी केन्द्रसँग कुरो मिल्न छाडेपछि श्रेष्ठको समूहले विद्रोह गरेको हो।

यादवले माओवादीले आफ्नो पार्टीसँग एकताको लागि पहल नै अघि नबढाएको गुनासो गरे।

‘एकताको लागि हामीलाई प्रचण्डले चिठ्ठी लेख्नुपर्‍यो। महाधिवेशनमा माओवादीको केन्द्रको नाम परिवर्तन गर्ने विषयमा सहमती हुनुपर्‍यो,’ यादवले भने, ‘महाधिवेशनपछि कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने सहमती भयो भने अझै पनि माओवादीसँग हाम्रो पार्टी एकता हुन्छ।’

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकबाट त्यो निर्णय गर्नुपर्ने बताए। ‘हाम्रो पार्टीको अहिले पनि माओवादीसँग धेरै कुरा मिल्छ। एकता हुन सक्छ। तर, प्रचण्डजी त्यसको लागि तयार हुनुहुन्न,’ यादवले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group