ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष


abc news
१२ जेष्ठ २०८२, सोमबार   १२ : ०२   बजे

काठमाडौ १२ जेठ । सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

पार्टीभित्रै गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो। बैठकपछि एक पदाधिकारीले नेपालखबरसँग भने, ‘गृहमन्त्रीमाथिको आरोप मिथ्या हो। यही आरोपको आधारमा उहाँले पदबाट राजीनामा दिनुपर्छ भन्ने हुँदैन।’

कांग्रेसले यसलाई राजनीतिक रुपमा बदनाम गर्न गरिएको प्रचारबाजी भएको ठहरसमेत गरेको छ।

‘गृहमन्त्रीले राजीनामा नदिने पक्षमा अडान लिने निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘यो प्रकरणमा सम्बन्धित निकायले गरेको छानविनमा हामी सहयोग गर्छौँ। तर, हामीले बुझे अनुसार उहाँ ९रमेश लेखक०को संलग्नता कतै पनि देखिँदैन।’

कर्मचारीले गलत गर्दा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने नहुने पनि उनले बताए। ‘स्वास्थ्य मन्त्रालयका पनि धेरै कर्मचारी अहिले अख्तियारको छानविनको दायरामा छन्। अरु मन्त्रालय र प्रधानमन्त्रीको सचिवालयमा पनि त्यस्ता कर्मचारी होलान्,’ उनले भने।

आफ्नै पार्टीबाट गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणको आरोपमा मुछिएको र उनको राजीनामा मागिएका बेला कांग्रेस पदाधिकारी बैठक बसेको हो।

गृहमन्त्री लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण कांग्रेस अहिले सकसमा छ।

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको छ।

उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन्। यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको छ।

तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group