ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर प्रहरीलाई दिनूस्- ऊर्जामन्त्री खड्का


abc news
१२ जेष्ठ २०८२, सोमबार   १२ : २०   बजे

काठमाडौ १२ जेठ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गरेका छन्।

आइतबार साँझ कुलेश्वरस्थित ‘नो लाइट शाखा’अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खड्काले गलत कुरा गर्नेलाई कारबाही गर्ने समेत चेतावनी दिए।

मन्त्री खड्काले विद्युत नगएको समयमा पनि बत्ती गयो भनेर आतंक फैल्याउनेहरुलाई कानूनी दायरामा ल्याउने उल्लेख गरे। ‘धेरैजसो अझै पनि फेक कलहरु आइरहेको कुरा गर्नुभएको छ,’ मन्त्री खड्काले भने, ‘२४ सै घण्टा टेलिफोन उठाउने र २४ सै घण्टा अवरुद्ध भएको ठाउँमा सप्लाइ पनि दिने। उहाँहरु ट्याली पनि गर्नुहुँदो रहेछ। म कहाँ बत्ती आयो, भनेर जसले भन्नुहुन्छ, यो एरियामा गयो भन्नुहुन्छ, उहाँहरुले क्रस चेक गर्नुहुँदो रहेछ। क्रस चेक गर्दा बत्ती नगएको पाइयो भन्नुभएको छ। कुनै कुनै कारणले र्‍युमर गरिरहेको हो भने र्‍युमर नगरिदिनु हुन आग्रह गर्न चाहन्छु। त्यस्ता टेलिफोन नम्बर नोट गरेर पुलिस कहाँ दिनुहोला। र्‍युमर गर्ने, आतंक फैल्याउने हिसावले काम गर्नेलाई दण्डित पनि गरिन्छ।’

उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको बताए। कृत्रिम कुराहरु प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको बताउँदै मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत बढी भइरहेको उल्लेख गरे।
‘बत्ती गइरहेको कुरा हामीसँग विद्युत कम भएर होइन, हामी के चाहन्छौँ भने सुरक्षित र भरपर्दो विद्युत उपभोक्ताले प्राप्त गर्न सकुन् भन्ने चाहन्छौँ,’ खड्काले भने, ‘बाहिर बजारमा हल्ला गरिएको जस्तो विषय होइन। हावाहुरी, चट्याङका कारण कतै अवरुद्ध हुन पुग्ने र त्यसका कारण बत्ती रोकिने विषय हो। त्यसो भएको कारणले यो गत वर्ष पनि थियो, अघिल्लो वर्ष पनि थियो।’

उनले थपे, ‘भोलि पनि हवाहुरी आएको बेलामा जुन मान्छेको काबु बाहिर हुँदा यस्ता घटना हुने गर्दछन्। त्यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने प्रयत्न गरिरहनुभएको छ। कृत्रिम कुराहरु प्रचार प्रसार गरिएको पाइन्छ। त्यस्तो अवस्था होइन। हामीले अहिले आयात गरेका छैनौँ। हाम्रो विद्युत बढी भइरहेको छ। आवश्यकताअनुसारको विद्युत सप्लाइ गर्न सकिरहेका छौँ। उपभोक्ता, देशवासीलाई आग्रह गर्दछु हिजो भन्दा आज राम्रोसँग विद्युत सप्लाई भइरहेको छ। हल्लाका पछि नलाग्नु होला।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group