ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनता उत्तेजित बनाउने भाषण गर्ने छुट प्रधानमन्त्रीलाई छैन – नेता कोइराला


abc news
१२ जेष्ठ २०८२, सोमबार   १२ : ३९   बजे

काठमाडौ १२ जेठ । कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने छुट प्रधानमन्त्रीलाई नभएको टिप्पणी गरेका छन् । जेठ १५ गते गणतन्त्र दिवसका दिन राजावादीहरुले आन्दोलन सुरु गर्नुअगावै काठमाडौं कब्जा गर्न प्रधानमन्त्री ओलीले कार्यकर्तालाई निर्देशन दिएको विषयमा कटाक्ष गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

ओलीले पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते बिहान १० देखि दिउँसो २ बजेसम्म काठमाडौं उपत्यका कब्जा गरेर बस्न कार्यकर्तालाई निर्देशन दिएका थिए । नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति र पदले कार्यकर्तालाई राजधानी कब्जा गर्न भनेर निर्देशन दिनु गैरजिम्वेवारीपनको अर्को एउटा उदाहरण भएको दाबी गरे ।

‘देशलाई कानुनसम्मत सञ्चालन गर्ने अभिभारा प्रधानमन्त्रीको हो, उहाँले यसरी नागरिकलाई उत्तेजित बनाउन मिल्दैन, यस्ता गैरजिम्मेवार अभिव्यक्तिले उल्टै राजावादीलाई मलजल पुग्छ,’ उनको भनाइ थियो । प्रधानमन्त्रीले मुखमा जे आयो त्यही बोल्नुभन्दा पनि संयम भएर देशलाई अघि बढाउनु पर्ने उनको धारणा थियो ।

पछिल्लो पटक चर्चामा रहेको भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिन प्रक्रियालाई सहयोग गर्नुपर्ने धारणा पहिल्यै राखिसकेको कोइरालाले बताए । ‘यस प्रसंगमा सिटौलाजी र मेरो धारणा फरक(फरक छ, हामी दुवैको धारणा व्यक्तिगत हो, पार्टीको आधिकारिक धारणा सोमबार बस्ने केन्द्रीय समिति बैठकपछि सार्वजनिक हुन्छ,’ उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu