ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाको तिलगाउँ पहिरोबारे अध्ययनका क्रममा थप एउटा हिमताल भेटियो


abc news
१२ जेष्ठ २०८२, सोमबार   २ : ४१   बजे

काठमाडौ १२ जेठ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँमा आएको बाढी पहिरोको अध्ययनका क्रममा थप एउटा हिमताल भेटिएको छ ।

बाढी पहिरोको कारण पत्ता लगाउन ५ हजार ३ सय ५० मिटर उचाइमा पुगेको सरकारी अध्ययन टोलीले ३ वटा हिमताल भेटेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यहाँ पहिले २ वटा हिमताल रहेकामा अहिले एउटा थपिएको पाइएको हो ।

प्राधिकरणले सामाजिक सञ्जालमा लेख्दै हिमताल थपिएको बारेमा जानकारी गराएको हो । प्राधिकरणका अनुसार अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी रहनुभएको छ ।

यही जेठ १ गते रातिको बाढी र सुक्खा पहिरोका कारण नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । यस्तै बाढी पहिरोबाट लघु जलविद्युत् तथा खानेपानी आयोजना, सिँचाइ, काठेपुल, ४ सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।

यसअघि हिमताल भएको क्षेत्रमा पुगेको वडाध्यक्षसहित स्थानीयवासीको टोलीले हिमताल फुटेको आशङ्का गरेको थियो । तर यसबारेमा विज्ञको टोलीले थप अध्ययन गरेर यकिन गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu