ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँ – अध्यक्ष प्रचण्ड


abc news
१२ जेष्ठ २०८२, सोमबार   ६ : ०८   बजे

काठमाडौ १२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढिरहेको बताएका छन्।

सोमबार ललितपुरमा आयोजित नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा अध्यक्ष प्रचण्डले विभिन्न उतारचढावका बीच आजको दिनसम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भए पनि सार एउटै रहेको स्पष्ट गरे।

अध्यक्ष प्रचण्डले गम्भीर रूपमा समाजवादी क्रान्तिको तयारीमा आफूहरू लागिरहेको उल्लेख गरे । उनले २०६४ सालको निर्वाचनमा प्राप्त अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति पुगेको बताए । उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको उनको धारणा छ।

संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया सुरु भएको र आफूहरू सबै त्यो प्रक्रियामा अघि बढिरहेको अध्यक्ष प्रचण्डले दाबी गरे । समाजवादी आन्दोलन अघि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने, २०६४ को निर्वाचनमा प्राप्त अभिमत जोगाउन सकेनौँ, पार्टी विभाजित भयो। त्यो विभाजनले नेपाली सर्वहारा वर्ग, श्रमजीवी जनताका लागि ठूलो क्षति भयो। हाम्रा महान शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भए। संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया सुरु भयो। हामी सबै त्यो प्रक्रियामा अघि बढिरहेका छौँ। आगामी दिनमा समाजवादी आन्दोलन अघि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढ्ने विश्वास छ।

अध्यक्ष प्रचण्डले नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो सुरुआत भएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group