ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङमा बोल्दै विद्या भण्डारीले सम्झिन् मदन भण्डारी र समृद्ध नेपाल, सुखी नेपाली


abc news
१२ जेष्ठ २०८२, सोमबार   ६ : १५   बजे

काठमाडौ १२ जेठ । चीन भ्रमणको तेस्रो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजधानी बेइजिङमा पुग्दा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्याशाओ उनलाई स्वागत गर्दै थिए ।

१० दिने यात्रामा चीन उडेकी भण्डारीलाई सम्मानित अतिथिका रूपमा उनले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय भवनमा लगे, जहाँ २ सयभन्दा बढी विदेशी पाहुना सहभागी थिए । स्मरणीय छ, ती सबै पाहुना चीनसँग जोडिएका १४ देशका पार्टी नेताहरू हुन् ।

आईडीसीपीसी अर्थात् कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले डाकेका सबै पाहुना सीपीसीसँग भाइचारा सम्बन्ध भएका दक्षिण एसिया, पूर्वी एसिया, पूर्वी मध्य एसिया, उत्तरपूर्वी एसियाका पार्टीहरू हुन् ।

ल्युले भण्डारीसहित पाहुनाको स्वागतमा बोल्दै चीनले ती पार्टीहरूसँग राखेको दुई पक्षीय सम्बन्धबारे चर्चा गरे । उनले चीन आफ्ना मित्रहरूसँग सदैव उदार रहेको भन्दै कम्युनिस्ट पार्टीले त्यही नीति अनुशरण गरेको बताए ।

ल्यु पछि इन्डोनेसियाली प्रतिनिधिले बोले । त्यसपछि पालो आयो भण्डारीको ।

२२ मिनेटको मन्तव्यमा भण्डारीले नेपाली(चीन सम्बन्धबारे प्रकाश पारिन् । उनले नेपालको विकास, समृद्धिमा चीनले निरन्तर पुर्‍याएको सहयोगको सराहना गरिन् । उनले नेपालमा दुई ठूला पार्टीहरूले समृद्ध नेपाल सुखी नेपालीको एजेन्डा सफल पार्न कार्यक्रम अघि सारेको चर्चा गरिन् । उनले नेपालको राजनीतिक रुपान्तरणमा मदन भण्डारीले खेलेको भूमिकालाई विशेष उल्लेख गरिन् ।

‘नेपालको विकासमा चीनको सदा साथ सहयोग छ, जसका लागि म धन्यवाद दिन चाहन्छु,’ भण्डारीले भनिन्, ‘नेपालको राजनीतिक रुपान्तरणमा विगतमा मदन भण्डारीले पुर्‍याएको वैचारिक योगदान आजपर्यन्त स्मरणीय छ । यति बेला नेपालको सरकारले उनकै विचारको जगमा समृद्ध नेपाल सुखी नेपालीको अवधारणा कार्यान्वयन गरिरहेको छ ।’

भण्डारीले विभिन्न देशका पार्टीका पाहुनाहरूलाई सम्बोधन गर्दै अब एसिया विश्व शान्ति र स्थिरताका केन्द्र बन्नुपर्ने बताइन् ।

उनले छिमेकका देशहरूले शान्ति, स्थिरता र समृद्धिका लागि गरिरहेको योगदानलाई कसरी सघाउन सकिन्छ भनेर चीनले सोच्नुपर्ने मत पनि राखिन् ।

भण्डारीले भनिन्, ‘यति बेला विश्व शान्ति र समृद्धिका लागि एसियाले भूमिका खेल्नुपर्ने र नेतृत्व गर्नुपर्ने बेला आएको छ । यसका लागि म चीनलाई सकारात्मक अग्रसरताका लागि आग्रह गर्छु । नेपाल लगायत छिमेकी देशहरू पनि एसियामा शान्ति र स्थिरता छाएको, अनि बाँकी विश्वलाई नेतृत्व गरेको, अभिप्रेरित गरेको हेर्न चाहन्छन् ।’

मन्तव्यको क्रममा भण्डारीले नेकपा एमाले र सीपीसी बीचको सम्बन्धबारे पनि चर्चा गरिन् ।

उनी पूर्वराष्ट्रपतिका रूपमा भन्दा एमाले प्रतिनिधिमण्डको प्रमुखका रूपमा नै कार्यक्रममा भाग लिएको सहभागीले बताएका छन् ।

उक्त कार्यक्रम सीपीसीको अन्तर्राष्ट्रिय विभागले अरू देशका पार्टीहरूसँग सम्बन्ध विकास र विस्तारका लागि आयोजना गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu