ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै


abc news
१३ जेष्ठ २०८२, मंगलबार   १० : ५९   बजे

काठमाडौ १३ जेठ । लामो झिनाझम्टी र अन्योलबीच पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघ, नेपालको १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ।

निर्वाचन आयोगका अधिकृत जय गुरुङका अनुसार मंगलबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको हो। मतदान शान्तिपूर्ण रुपले सुरु भएको पनि उनले बताए।

विद्युतीय मेसिनबाट गरिने मतदान सम्पन्न भएसँगै साँझसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने गरी काम भइरहेको उनको भनाइ छ।

युवा संघको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा उत्रिएका छन्।

दुई अध्यक्षका उम्मेदवारमध्ये क्षितिज थेवेको समूहबा६ उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह उम्मेदवार छन्। महराज यसअघि अध्यक्षको दावेदार थिए।

तर, क्षितिज दोहोरिँदा उनले उपाध्यक्ष स्वीकारेका हुन्। सो समूहबाट महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ।

यस्तै मदन भण्डारी र देवु बस्नेतले खुला सचिव, महिला सचिवमा निशा लिम्बू तथा मोविन आलमले मधेशी सचिवमा उम्मेदवारी दिँदै क्षितिजलाई सघाएका छन्।

लेखा आयोगमा उम्मेदवारी दिने किसुन जैशी, निर्वाचन आयोगका मदन गिरी, अनुसशान आयोगका मोहम्मद मिजाम र युवा विज्ञ परिषद्का चीन लामाले पनि क्षितिजकै प्यानल रोजेका छन्।

सुमनको पक्षबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम उम्मेदवार छन् भने महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्माले प्रतिस्पर्धा गर्ने भएका छन्।

खुला सचिवतर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चित्तरन्जन यादव मैदानमा छन्।

सो समूहबाट लेखा आयोगमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषद्को अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ।

निर्वाचनबाट युवा संघका अध्यक्षसहित ९ जना पदाधिकारी, १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ कार्यसमितिको टुंगो लाग्नेछ।

देशभरबाट आएका १ हजार ७ सयभन्दा बढी प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन्।

सर्वसम्मत नेतृत्व चयनको कसरत असफल भएसँगै जेठ ९ गते उद्घाटन भएको महाधिवेशनअन्तर्गत आज १३ गते मतदान हुँदै गर्दा पोखरा सभागृह बाहिर गुटगत रुपमै मत माग्ने क्रम चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group