ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकालाई चीनबाट तीन करोड १२ लाखकाे सामग्री सहयोग


abc news
१३ जेष्ठ २०८२, मंगलबार   ११ : २०   बजे

काठमाडौ १३ जेठ । हुम्लाको अदानचुली गाउँपालिकालाई चीनको अलि प्रिफेक्चर अन्तर्गत पुराङ काउन्टीले सूचना प्रविधिसम्बन्धी उपकरणहरू प्रदान गरेको छ । सहयोग सामाग्रीहरू गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सामा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

पुराङ काउन्टी च्यानल डिकोरेसन कम्पनीमार्फत पहिलो चरणमा प्रदान गरिएका सामग्रीहरू गाउँपालिका अध्यक्ष सिंहलाई हिल्सा नाकामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । गत फेब्रुअरी १७ मा अदानचुली गाउँपालिकाका अध्यक्ष सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हंस महतारा र पुराङ काउन्टीको विदेश मामिला हेर्ने निकायबीच भएको सहमति अनुसार तीन करोड १२ लाख २६ हजार ९२८ रुपियाँ बराबरको सहयोग सामाग्री प्रदान गरिने उल्लेख थियो ।

उक्त सहमति अनुसार एक्स्काभेटर, सूचना प्रविधि सामाग्री, स्वास्थ्य चौकी तथा विद्यालय भवन निर्माणमा सहायता गरिने सम्झौतामा उल्लेख गरिएको थियो । अध्यक्ष सिंहका अनुसार पहिलो चरणमा सूचना प्रविधिसम्बन्धी सामग्री लेनोभो डेस्कटप कम्प्युटर १९ थान, प्रिन्टर १९ थान, प्रोजेक्टर ४ थान, नोट बुक कम्प्युटर ७ थान, मनिटर १०० थान, स्विच मेसिन २० थान, भिडियो रेकर्डर आठ थान, नेटवर्क केबल चार थान, मनिटर कालोमा १० थान, डेमो क्यामेरा सात थान र क्यास्टल हेडर पाँच थान—हस्तान्तरण गरिएको छ ।

यी सबै सामाग्रीहरू गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयहरूमा आवश्यकता अनुसार वितरण गरिने बताउँदै अध्यक्ष सिंहले निरन्तर एक वर्षको प्रयासपछि यो सहयोग सम्भव भएको बताउनुभयो । चीनको सहयोग अन्तर्गत बाँकी सामग्री—एक थान एक्स्काभेटर र पूर्वाधार विकासका अन्य पक्षमा दोस्रो चरणमा हस्तान्तरण गरिने छ ।

विशेष गरी चीनले हाल नेपालमा अदानचुली गाउँपालिका ९हुम्ला० र थुलुङ दुधकोसी गाउँपालिका सोलुखुम्बु० लाई मात्र यस्तो प्रकारको सूचना प्रविधि तथा पूर्वाधार सहयोग उपलब्ध गराएको हो । अब केही समय पछाडि नाम्खा गाउँपालिकाले पनि उक्त सहयोग प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu