ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले गरे संसद् अवरोध


abc news
१३ जेष्ठ २०८२, मंगलबार   १२ : २०   बजे

काठमाडौ १३ जेठ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले संसद् अवरोध गरेका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका वर्षमान पुनले राजीनामा नदिएसम्म संसद् संचालन हुन नदिने बताए।

‘यस सम्बन्धमा गृहमन्त्रीजीले राजीनामा दिएर मार्गप्रसस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ। उहाँको संलग्नता छ भनेर हामीले दाबी गरेका छैनौं,’ पुनले भने, ‘तर, यति गम्भीर विषय उठेपछि स्वयं गृहमन्त्रीले नै राजीनामा दिएर सहज वातावरण बनाइदिनुहोस्।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीको राजीनामा आउनुपर्ने माग गरे। ‘यदि कुनै मन्त्रीमाथि प्रश्न उठ्यो, राज्यका कुनै निकायले छानबिन गर्नुपर्‍यो भने त्यस्तो मन्त्री त्यो पदमा रहन पाउनुहुन्न,’ उनले भने, ‘त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ।’

यसैबीच सभामुख देवराज घिमिरेले सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिन खोजेपछि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले संसद्‍मा नाराबाजी सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu