ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने – बजेटको अभाव


abc news
१४ जेष्ठ २०८२, बुधबार   ११ : २५   बजे

काठमाडौ १४ जेठ । नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने भएको छ । भासिएको क्षेत्र मर्मतका लागि चालू आर्थिक वर्षमा बजेटको अभाव भएको छ । त्यस क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ ।

गएको असोजमा १०, ११ र १२ को अविरल वर्षापछि २६ किलोमा सडक भासिएको थियो । त्यस क्षेत्रको ८५ मिटर लम्बाइ र ३ दशमलव ५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ ।

अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो । १८ देखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

त्यसैअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेश गरिएको छ । गएको माघमा नै डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताको लागि पेश गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसक्ने भएको हो ।

भासिएको भाग मर्मत गर्न ३२ करोड रुपैयाँ लाग्ने अनुमान छ । अहिले सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामको काम गरिएको छ ।

यो सडक हुँदै राजधानी काठमाण्डौसहित पोखरातर्फ दैनिक १० हजारभन्दा धेरैको सङ्ख्यामा गाडी चल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बालेन र रविबीच ४५ मिनेट भेटवार्ता, सरकार सञ्चालनदेखि नियुक्तिसम्म छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu