ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई खुसी पार्न ओलीले फोन गरेका रहेछन्- अध्यक्ष प्रचण्ड


abc news
१४ जेष्ठ २०८२, बुधबार   २ : १६   बजे

काठमाडौ १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई खुसी पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट आफूलाई फोन गरेको हुन सक्ने बताएका छन्।

बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिपक्षी दलहरूको बैठकमा रहेकै बेला प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए।

प्रचण्ड सहभागी विपक्षी दलहरूको बैठक भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लागेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराएरै छाड्ने र राजीनामा नआउञ्जेल सदन चल्न नदिने विषयमा छलफलका लागि बसेको थियो।

प्रधानमन्त्री ओलीको फोनचाहिँ संसद बैठक नरोक्न अनुरोधका लागि थियो।

‘प्रश्न उठ्नेबित्तिकै, मिडियामा समाचार आउनेबित्तिकै, खरदार–सुब्बा तानिनेबित्तिकै मन्त्रीले राजीनामा दिनुपर्ने कुरा कहाँ लेखिएको छरु’ प्रचण्डसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘त्यसैले संसद चल्न दिनुपर्‍यो, गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण पनि सिर्जना गरिदिनुपर्‍यो।’

बैठकमा सहभागी माओवादी केन्द्रका सांसद माधव सापकोटाका अनुसार, जवाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामाबिना संसद सञ्चालन हुन नसक्ने बताएका थिए।

‘गृहमन्त्रीको राजीनामा नआई संसद चल्न सक्दैन,’ प्रचण्डको जवाफ थियो, ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकै संलग्नताका प्रमाणहरू एकपछि अर्को गरी आइरहेका छन्। त्यसैले तपाईंले गृहमन्त्रीको राजीनामा गराएर संसद खुल्ने वातावरण बनाउनुपर्‍यो।’

त्यसपछि ओलीले संसद अवरुद्ध गरिरहँदा राजावादीहरूलाई फाइदा पुग्ने दाबी गरे।

प्रचण्डले जवाफ फर्काए, ‘भिजिट भिसाजस्तो गम्भीर प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र उनीमाथिको छानबिनको मागले राजावादीलाई सहयोग पुग्ने होइन, बरु गणतन्त्र बलियो बनाउन सहयोग पुग्छ।’

यसपछि ओलीले धेरै सवालजवाफ गरेनन्।

खासमा प्रतिपक्षी दलहरूको बैठक गृहमन्त्रीको राजीनामाको विषयलाई अझ सशक्त बनाउने रणनीति तय गर्नका लागि थियो। त्यही जानकारी पाएर ओलीले बैठकमा रहेका प्रचण्डलाई फोन गरेका थिए।

ओलीसँगको फोनर्वार्ताबारे प्रचण्डले प्रतिपक्षीहरूको बैठकमा सहभागीहरूलाई जानकारी गराई सक्दा नसक्दै बालुवाटारमा गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक बसेको समाचार सार्वजनिक भइसकेको थियो।

ओलीसँगको फोनवार्ताबारे जानकारी गराइसक्दा नसक्दै प्रचण्डले बालुवाटारमा जारी प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकको बैठकबारे जानकारी प्राप्त गरे।

फोनवार्तामा ओली आफ्नो स्वभावविपरीत अलिक नरम रूपमा प्रस्तुत भएका थिए। ओली नरम रूपमा नै प्रस्तुत भएको जानकारी बैठकमा उपस्थित अन्य दलका नेताहरूलाई प्रचण्डले गराएका थिए।

तर, जब बालुवाटारमा पनि ओली–देउवा बैठक भइरहेको र बैठकमा गृहमन्त्री लेखक पनि रहेको जानकारी प्रचण्डले प्राप्त गरे, तत्कालै उनले आफ्नो विश्लेषण सुनाए, ‘ए, लेखक र देउवाजी पनि बालुवाटारमै रहेछन्१ त्यसो भए कांग्रेसलाई खुसी पार्न फोन गरेका होलान्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group