ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध एक करोड बिगो दाबीसहित मुद्दा दर्ता


abc news
१५ जेष्ठ २०८२, बिहिबार   ११ : ३९   बजे

काठमाडौ १५ जेठ । राजस्व अनुसन्धान विभागले भैरहवाको सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध मुद्दा दायर गरेको छ ।

राजस्व छली, चोरी पैठारी अभियोगमा बिगो र जरिवानासहित एक करोड बढी रकम असुल र सजाय माग गर्दै मुद्दा दायर भएको हो ।

राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा २० ९६० बमोजिम मुद्दा दायर गरिएको हो ।

सिद्धार्थनगर नगरपालिका, वडा नं ८ लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका सञ्चालक अग्रहरीले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड क, ख, छ र झ बमोजिम कसूर गरेको पुष्टि हुन आएको दाबी छ ।

विभागका अनुसार भन्सार चोरी पैठारीतर्फको अधिक मौज्दातको बिगो तीन लाख २५ हजार ८०७ रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फको न्यून मौज्दातको बिगो १५ लाख ६९ हजार २३६ रुपैयाँ र आय करतर्फको बिगो ३१ लाख ८० हजार ३२५ रुपैयाँ गरी कुल ५३ लाख २७ हजार ६८६ रुपैयाँ बिगो कायम गरिएको हो ।

कायम भएको बिगो असुल उपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी कुल एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुल उपर गर्न तथा ऐनको दफा २३ ९१० ९ख० वमोजिम कैद सजाय मागदाबी गरेर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group