ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘थप छ हजार हेक्टर क्षेत्रमा सिँचाइ व्यवस्था गरिने


abc news
१५ जेष्ठ २०८२, बिहिबार   ४ : २८   बजे

काठमाडौ १५ जेठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा थप छ हजार हेक्टर जग्गामा सिँचाइ उपलब्ध गराइनेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

उहाँले आगामी आर्थिक वर्षमा ३४ अर्ब ८९ करोड वैदेशिक अनुदान उपलब्ध गर्ने प्रक्षेपण गर्नुभयो । संसद बैठकमा आ।व। २०८२–८३ को बजेट बिहीबार प्रस्तुत गर्नुहुँदै उहाँले सो प्रक्षेपण गर्नुभएको हो । उहाँका अनुसार जनतालाई गुणस्तरीय सार्वजनिक सेवा प्रदान गरी सुशासन कायम गरिने छ ।

सोहीअनुसार मासुमा आत्मनिर्भर बन्नेगरी कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरिएको उहाँले प्रष्ट पार्नुभयो । त्यस्तै, आगामी आवमा थप ६ हजार हेक्टर क्षेत्रमा सिँचाइको व्यवस्था गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउनेगरी कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । छ लाख मेट्रिक टन रासायनिक मलको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । सोहीअनुसार युवालाई कृषिमा आकर्षित गराई उत्पादनलाई वृद्धि गर्ने योजना सरकारको रहेको बताउनुभयो ।

सोहीअनुसार पशुको स्वास्थ्यका लागि ५ करोड ५० लाख डोज खोपको व्यवस्था गरिने र त्यसको बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । भूमिसम्बन्धी कानुनलाई संशोधन गरी स्थायी रूपमा समस्या समाधान गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, आगामी आर्थिक वर्षमा ५ लाख भूमिहिनलाई जग्गा उपलब्ध गराइने लक्ष्य सरकारको रहेको उहाँले बताउनुभयो । सोहीअनुसार सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी समस्या समाधान गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, निरपेक्ष गरिबी अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । औद्योगीकरणमा जोड दिई लघु, घरेलु र साना उद्योगको प्रवर्धन गर्नेगरी बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सोहीअनुसार साना उद्यमीलाई सीप विकास, बजारीकरणका लागि सहुलियत ऋण प्रदान गर्ने उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र निर्माण गर्ने कम्पनीलाई विशेष आर्थिक क्षेत्र सरह सहुलियत दिइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group