ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटबारे स्वर्णिम वाग्ले– जेठमा फुकाउने र माघमा सुकाउने रोगले निरन्तरता पायो


abc news
१५ जेष्ठ २०८२, बिहिबार   ७ : १५   बजे

काठमाडौं १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविज्ञ स्वर्णिम वाग्लेले यसपालीको बजेट पनि ‘जेठमा फुकाउने र माघमा सुकाउने’ पुरानै रोगको निरन्तरता दिनेगरी आएको टिप्पणी गरेका छन्।

बिहीबार संसद्‍मा बजेट पेस भएपछि पत्रकारहरुसँग कुराकानी गर्दैै बजेट गैरजिम्मेवार नभए पनि कार्यान्वयनमा शंका गर्ने खालको भएको बताए।

‘यसलाई हामीले गैरजिम्मेवार मानेका छैनौँ,’ वाग्लेले भने, ‘यद्यपि, विगत भूकम्पपछि एकदमै उकाले उकालो लागेर एकदमै ठूलो आकारमा बजेट फुक्ने अनि माघमा गएर सुकाउने रोगको चाहीँ निरन्तरता हुन्छ कि भन्ने चिन्ता हामीलाई छ।’

सरकारले जति बटेल ल्याए पछि कार्यान्वयन कमजोर रहेको उनको भनाइ छ। ‘यसको आधार चाहिँ हिजो साँझसम्म नेपाल सरकारले खर्च गरेको जम्मा १२ सय ३० अर्ब,’ वाग्लेले भने, ‘१९ सय ६४ अर्ब खर्च गर्छौं भनेर अघि अर्थमन्त्रीज्यूले भन्नुभयो। गत साल १८ सय ६० अर्बको बजेट थियो। तर, यो आर्थिक वर्ष सकिनलाई ६ हप्ता पनि बाँकी छैन। तर, नेपाल राज्यले खर्च गरेको जम्मा १२ सय ३० अर्ब छ।’

उनले थपे,, ‘मानिलिउ अर्को दुई खर्ब नै बढ्यो भने पनि यो राज्यले खर्च गर्ने क्षमता त्यही १४, १५ खर्ब मात्रै रहेछ। एकदमै उदार हुने हो भने पनि १५ सय अर्बको चाचुन यो राज्यले खर्च गर्नेरहेछ।’

वाग्लेले आफूहरुले राज्यले खर्च गर्न सक्ने क्षमताबारे मनन गर्न आग्रह गरेको समेत बताए। ‘त्यसैले यो राज्यको क्षमताको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन जोडदार टिप्णी गरेको छ,’ उनले भने, ‘यसलाई मनन् गर्नुहुन सरकारलाई आग्रह गर्छौं।’

वाग्लेले राजस्व उठाउने सरकारको लक्ष्य र विदेशी अनुदान पाइने अनुमान समेत पत्यारिलो नभएको टिप्पणी गरे। ‘अंक र स्वरुप र विश्वसनीयता पुरानै हुन्छ कि भन्ने हामीलाई डर लागेको छ,’ उनले भने, ‘ त्यस्तै राजस्वको कुरा पनि त्यति पत्यारिला छैनन्। हिजोसम्म राजस्व १० खर्ब पनि नाघेको छैन, अहिले १५ खर्ब उठाउँछु भन्नु भएको छ।’

वाग्लेले थपे, ‘अनुदानमा हामी ५३ अर्ब उठाउँछौँ भन्नु भएको छ। तर, हिजोसम्म १८ अर्ब उठेको छ। यो १९ सय अर्ब बजेट खर्च गर्ने हो भने हामी झण्डै–झण्डै ६ सय अर्ब ऋण बोक्दै छौँ। अविश्वसनीयताकै पासोमा यो रुमल्लिएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group