ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रशासन क्याम्पस प्रमुख नियुक्तिमा स्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको विरोध


abc news
१६ जेष्ठ २०८२, शुक्रबार   ११ : ४३   बजे

काठमाडौ १६ जेठ । जनप्रशासन क्याम्पस बल्खुमा छनोट तथा सिफारिस समितिको सिफारिस विपरीत क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन् ।

गत फागुनमा प्राध्यापक बालकृष्ण श्रेष्ठ संयोजकत्वको तीन सदस्यीय सर्च कमिटीले पहिलो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई पन्छाउँदै दोश्रो नम्बरमा रहेका र विगतमा विवादमा मुछिएका व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै जनप्रशासन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु०, नेविसंघ तथा अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले विरोध गरेका हुन् ।

छनोट तथा सिफारिस समितिले नयाँ क्याम्पस प्रमुखका लागि वर्तमान निमित्त क्याम्पस प्रमुख सहप्राध्यापक डा। हरिभक्त शाहीलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । तर निमित्त उपकुलपति प्राध्यापक डा। खड्ग केसीको अध्यक्षतामा यही जेठ १४ गते बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उपप्राध्यापक सुवास शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको छ ।

एमाले निकट अनेरास्ववियुले भने सुवास शर्मा जनप्रशासन क्याम्पसको प्रमुखमा नियुक्त भएको भन्दै स्वागत गरेको छ । तर जनप्रशासन क्याम्पसका स्ववियु अध्यक्ष अनिकेत तिवारी तथा पूर्वअध्यक्ष तथा नेविसंघ नेता पंकज कुमार क्षेत्रीले भने संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखमा सुवास शर्माको नियुक्ति योग्यता प्रणालीको विपरीत भएको तथा क्याम्पस सञ्चालक समितिमा पनि नियम विपरीत नियुक्ति गरिएको भन्दै निर्णय सच्चाउन माग गरेका छन् ।

सर्च कमिटीले पहिलो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई क्याम्पस प्रमुखमा नियुक्त गर्नुको साटो विगतमा परीक्षाको कापी हराएको अभियोगमा कारवाहीमा परेका तथा उपप्राध्यापक मात्रै रहेका सुवास शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिनु आपत्तिजनक भएको उनीहरुले बताएका छन् ।

उपत्यकाका आंगिक क्याम्पसमा सहप्राध्यापक भन्दा माथिकालाई क्याम्पस प्रमुख बनाउने त्रिविको प्रचलन तथा सर्च कमिटीले पहिलो नम्बरमा सिफारिस गरेका वरिष्ठ तथा विद्यावारिधी गरेका अनुभवी प्राध्यापकलाई पन्छाएर निमित्त उपकुलपति खड्ग केसीले राजनीतिक निकटताका आधारमा एमाले निकट तथा विवादित उपप्राध्यापक शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको आरोप लगाएका छन् ।

जनप्रशासन क्याम्पसमा आफू विद्यार्थी छँदा कैयन् पटक परीक्षामा अनुत्तीर्ण भएको भन्दै उनीहरुले नवनियुक्त क्याम्पस प्रमुख शर्माको योग्यता र क्षमता माथि समेत प्रश्न उठाएका छन् ।

जनप्रशासन क्याम्पसका स्ववियु अध्यक्ष अनिकेत तिवारीले क्याम्पस प्रमुखको छनोट तथा सिफारिस समितिले उम्मेदवारको अन्तरवार्ता तथा प्रस्तुतीकरण र कार्ययोजना लगायतका विषय मूल्यांकन गरी गरेको सिफारिसलाई निमित्त उपकुलपतिको अध्यक्षताको कार्यकारी परिषदले लत्याएर जनप्रशासन क्याम्पसको स्वायत्ततामा प्रहार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

मधेसवादी दलको फेरि एकता : संघीयता जोगाउने मोर्चा कि सत्ताको नयाँ समीकरण ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu