ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीको विषयलाई जोडेर गृहमन्त्रीको राजीनामा माग्नु अनुचित – प्रधानमन्त्री ओली


abc news
१७ जेष्ठ २०८२, शनिबार   १० : ४१   बजे

काठमाडौ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित भएको बताउनुभएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री लेखको राजीनामा र छानबिनको माग गर्दै आएका छन् ।

काठमाण्डौमा आज बिहान भएको ‘कान्तिपुर हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै पनि निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले राजीनामा र छानबिनको माग राखेर संसद अवरोध गर्न नहुने बताउनुभयो ।

प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्ने तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले रवि लामिछानेतर्फ लक्षित गर्दै तत्कालीन गृहमन्त्रीको राजीनामा मागेको अवस्थामा गृह मातहतको सीआईबीले छानबिन गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिन्छ तर सक्कली हात्तीलाई नै झोलामा हालिदेउभन्दा सकिन्न, त्यस्तै अहिले विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामा सम्भव छैन ।’

बजेटको सन्दर्भमा प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट यथार्थपरक र कार्यान्वयनमा सम्भव हुने हिसाबले आएको बताउनुभएको छ ।

पूर्वाधार विकासमा धेरै काम भएकाले सरकारले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group