ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुन भित्रिएसँगै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू : पूर्वका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


abc news
१७ जेष्ठ २०८२, शनिबार   ११ : २४   बजे

काठमाडौ १७ जेठ । नेपालमा मनसुन भित्रिएलगत्तै बाढीपहिरोका घटना र क्षति हुने क्रम शुरू भएको छ । बिहीवारराति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको ठूलो पानीले धरान–धनकुटा सडक खण्डको सागुरीगढी गाउँपालिका–६ फेदीको एक सय मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेका छन् । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढीपहिरोका घटना भएको र त्यस क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको छ ।

नेपालमा मनसुन भित्रिने सरदर अवधिभन्दा १५ दिनअगावै मनसुन भित्रिएको हो । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

झापा, इलाम, मोरङ र सुनसरी जिल्ला भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायत नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

अबका तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ्दो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेसवादी दलको फेरि एकता : संघीयता जोगाउने मोर्चा कि सत्ताको नयाँ समीकरण ?

‘एक्लो लडाइँ’मा प्रधानमन्त्री बालेन : सरकार र रास्वपाबीच बढ्दो अविश्वासले जन्माएको तनाव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu