ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीहरूले भाडाका मान्छे ल्याएर काठमाडौंमा चुरीफुरी गरे – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१७ जेष्ठ २०८२, शनिबार   १ : ५८   बजे


काठमाडौं, १७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले भाडाका मान्छे ल्याएर काठमाडौंमा चुरीफुरी गरिरहेको बताएका छन्। शनिवार नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन्।

‘मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ । नेपाल धेरै अघि बढिसकेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो। राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ।’ राजावादीसँग अलिकति पैसा भएकाले अहिले मान्छे ल्याइरहेको पनि दाहालले बताए। उनले भने, ‘उहाँहरूसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदतर्फ इङ्गित गर्दै उनले संविधानअनुसार शपथ र सेवा सुविधा लिएर विरोध गर्नु अनैतिक हुने पनि बताए। उनले भने, ‘सदनमा यही संविधान अनुसार शपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरू लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबले पनि बिलकुल बेठीक हो।’

राजावादीको पक्षमा जनमत समेत नरहेको अध्यक्ष प्रचण्डले बताए। ‘राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu