ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसप्रति ओलीको कटाक्ष : घरझगडा घरभित्रै गर्नुस्, आँगनमा तमासा नगर्नुस्


abc news
१७ जेष्ठ २०८२, शनिबार   २ : ०३   बजे

काठमाडौ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सत्तारुढ कांग्रेसका नेताहरूलाई सार्वजनिक रूपमा झैझगडा नगर्न सुझाव दिएका छन् । पार्टीभित्रका आन्तरिक कुरालाई सार्वजनिक बहसमा ल्याएर विवाद नगर्न सुझाएका छन् ।

गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा जोडेर कांग्रेसकै नेताहरूले राजीनामा माग गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले उक्त कटाक्ष गरेका हुन् ।

१३ औं कान्तिपुर हाफ म्याराथनको शनिबार उद्घाटन गरेपछि आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूलाई पार्टीको विवाद सार्वजनिक रूपमा छताछुल्ल नगर्न भनेका हुन् । सबै पार्टीभित्र समस्या हुनसक्ने र त्यसको समाधान आन्तरिक रूपमा नै गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । पार्टीभित्र केही समस्या हुन सक्छ । त्यो पार्टीको समस्या, व्यक्तिगत लाइक, डिस्लाइकु भन्दा पनि पार्टीभित्रका व्यैक्तिक आकांक्षाहरूले ध्रुवीकरण अथवा अरु कुनै कारणले केही पार्टीभित्र हुनसक्छ तर दल र दलका नेताहरूले त्यो कुनै पनि पार्टी, मेरो पार्टीको वा अर्को पार्टीको कसैको घरझगडा घरभित्र बसेर गर्नुस्, आँगनमा निस्केर तमासा गरेर छिमेकीलाई डिस्टर्ब नगर्नुस्, प्रधानमन्त्रीले भने ।

पार्टीभित्रको विवाद समाधानको तरिका अपनाउन प्रधानमन्त्रीले कांग्रेसलाई सुझाव दिएका हुन् । तपाईंको घरझगडा छ भने घरभित्र बसेर गर्नुस्, मजाले गर्नुस्, घरभित्र कुटाकुटचाहिँ नगर्नुहोला तर आँगनमा निस्केर वल्लो छिमेकी पल्लो छिमेकी सबैको काम डिस्टर्ब नगर्नुस्, प्रधानमन्त्रीले भने, के भयो, के(के न होला, त्यहाँ शतर्क भएर हेर्नु पनि पर्ला, कुटाकुट गरे, मारामार गरे भने त छुट्याउन जानुपर्ने अवस्था होला । त्यसो भएकाले आँगनमा निस्केर झगडा गर्नु राम्रो होइन ।

घरभित्र विवाद गर्दा नपुगेर सार्वजनिक अभिव्यक्ति र वादविवादमा उत्रिएको हो भन्ने प्रधानमन्त्रीको भनाइ थियो । घरैभित्र झगडा गरेर छिमेकीलाई डिस्टर्ब गर्नु राम्रो होइन । आँगनमा निस्केर झगडा गर्नु किन पर्‍यो रु घरभित्रको आवाजले पुगेन भनेर बाहिरै प्रसारण गर्नेगरी आवाज निकाल्नुपर्‍यो भनेर त्यहाँ भयंकर ध्वनि प्रदूषण, वातावारण प्रदूषण, सामाजिक वातावरणको प्रदूषणदेखि अनेक चिज हुन्छ । यस्तो किन गर्छन् भन्ठान्छु, यो कसैले नगरौं, उनले भने ।

विपक्षी दलहरूले आधारहीन आरोप लगाएर गृहमन्त्रीको राजीनामा मागिरहेको बताउँदै त्यसमा नलाग्न कांग्रेसका नेताहरूलाई प्रधानमन्त्रीले सुझाव दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

मधेसवादी दलको फेरि एकता : संघीयता जोगाउने मोर्चा कि सत्ताको नयाँ समीकरण ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu