ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकाका सम्पूर्ण सामग्री अब ‘जिरो टु टेन’ स्टोरमा पाईने


एबीसी न्यूज
१७ जेष्ठ २०८२, शनिबार   ३ : ५४   बजे

काठमाडौं, १७ जेठ ।बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री अब एकै ठाउँमा पाइने भएको छ । उनीहरुका लागि सामग्री किन्न फरक फरक पसल र स्टोर धाउनुपर्ने बाध्यताको अन्त्य ‘जिरो टु टेन’ स्टोरले गर्ने भएको हो ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ भएको छ । भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिरो टु टेन स्टोर सञ्चालनमा ल्याइएको हो । एउटै छातामुनी बालबालिकाका लागि आवश्यक लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री, कस्मेटिक, बेबी क्यारी, विद्युतीय खेलौना गाडी देखि जुत्ता, ब्यागेज लगायतका सामग्री पाइने स्टोरका संचालक विष्णु पोखरेलले जानकारी दिनुभयो । नयाँ बानेश्वर स्थित मिराकल प्लाजाको भुई तल्लामा खुलेको जिरो टु टेन स्टोरमा बालबालिकाका लागि चाहिने सबै प्रकारका सामग्री एकै ठाउँमा पाइन्छ । यो स्टोर अन्तर्राष्ट्रिय ब्रान्ड डक्टर जिम र बिबि किट्टीको आधिकारिक बिक्रेता पनि हो ।

पाँच करोडको लगानीमा सञ्चालनमा आएको यस स्टोरले अपाङ्गता भएका बालबालिकाका लागि विशेष छुटको व्यवस्था समेत मिलाएको छ । उद्घाटनको दिन सम्पूर्ण सामानमा दश प्रतिशत छुटको व्यवस्था गरिएको थियो भने स्टोरमा स्वयं उपस्थित हुनेका लागि आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।

सो स्टोरको यसै आर्थिक वर्ष भित्र ललितपुरको इमाडोल र कैलालीको धनगढीमा शाखा विस्तार गर्ने योजना रहेको र अन्य जिल्लाहरुमा पनि छिट्टै शाखा विस्तारको योजना रहेको सञ्चालक पोखरेलले जानकारी दिनुभयो । निकट भविष्यमा नै प्रविधिमैत्री बजारीकरणका लागि इ–कमर्स र अनलाइन डेलिभरीको व्यवस्थाका लागि पनि काम भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu