ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउँछ – प्रधानमन्त्री ओली


abc news
१७ जेष्ठ २०८२, शनिबार   ४ : ३९   बजे

काठमाडौ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफू बाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताए । उनले पृथ्वी पथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने टिप्पणी गरे । उनले अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको बताए ।

आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिने समेत उनले बताए । राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले १३ औँ सन्तानले राजा हुनका लागि पृथ्वी पथको युक्ति निकालेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय एकता भन्ने बित्तिकै केही केही यस्ता खालका चाटुकारहरू निस्किए अहिले । अहिले आएर यतिबेला पृथ्वी पथ अरे । पृथ्वी पथबाट गयो भने पोखरा पुग्ने त हो नि । त्यही हो क्यार । ढाइ सय वर्षअघिको कुरा ल्याएर देशको विकास रु देशलाई एकताबद्ध बनाउनु छ । पृथ्वी पथले एकताबद्ध रु मारकाट गरेर एकताबद्ध गर्ने रु एकीकरणको कुरा एउटा होला । एकीकरणको समय एउटा होला । एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला । अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने बेला हो । लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वी पथको कुरा होइन ।’

उनले भने, ‘पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए रु संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वी पथ । कति पुरातनपन्थी हो रु यो पृथ्वी पथ भनेको सुनेपछि अर्काले भन्छ, राजर्षि जनक पथ, यलम्वर पथ, मानदेव पथ, अंशुवर्मा पथ, चल्लपथ, मल्ल पथ । अहिले बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने कि ढाइ सय वर्ष अगाडिको विचारमा रु विसे नगरजीको एक सुका खोजेर राष्ट्र बलियो बनाउँछु भन्ने कुराले हुन्छ । त्यतिबेला भयो होला । आज हरेकले उद्यमशीलतामा जान जरुरी छ । हामी उद्यमशीलताका कुरा गरिरहेका छौँ । हामी राष्ट्रका कुरा गर्दैछौँ ।’

प्रधानमन्त्री ओलीले आजको समय राजा, रजौटा, तानाशाहहरुको समय नभई लोकतन्त्र र लोकतान्त्रीकरणको समय भएको बताए । ‘पृथ्वीनारायण शाहले आफू बाहेक अरूलाई त मास्ने कुरा गर्थे त । मासेको होइन । अनि पृथ्वीनारायण शाहपछि पनि अनेक रजौटाहरू मासेको होइन । आज त राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी छ । त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो । अनि उद्देश्य, विचार, समय, परिस्थिति मिल्छ रु १३ औँ सन्तानले राजा हुन युक्ति निकालेको पृथ्वी पथ । राजा हुने युक्ति अहिले पनि । आजको समय राजा, रजौटा, तानाशाहहरुको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रीकरणको समय हो । हामी त्यतै जाँदैछौँ ’उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group