ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पामा १३ औँ दिनको प्रसाद खाएका ११० जना बिरामी, ४ को अवस्था गम्भीर


abc news
१८ जेष्ठ २०८२, आइतबार   १२ : ०५   बजे

काठमाडौ १८ जेठ । रोल्पामा तेह्रौँ दिनको पुन्य तिथिको प्रसाद खाएका एकसय १० जना भन्दा धेरै बिरामी परेका छन्।

रोल्पा नगरपालिका–३ चौरपानी निवासी तिलकप्रसाद रोक्काको घरमा प्रसाद खानेहरु बिरामी परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।

‘शनिबार तिलकप्रसादका बुवाको तेह्रौँ दिनको पुन्य तिथि रहेछ,’ डीएसपी विश्वकर्माले नेपालखबरसँग भने, ‘प्रसाद खाने गाउँभरिका मान्छे बिरामी परेका छन्।’

चिकित्सकले ‘फुड प्वाइजन’को कारण उनीहरु बिरामी परेको बताएका छन्। रोक्काको घरमा उनीहरुले दालभात, पुरी, अचारसहितको खाना खााएको थिए।

बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ।

‘अहिलेसम्म अधिकांश बिरामी उपचारपछि डिस्चार्ज भएका छन्। आठजनाको भने अहिले पनि जिल्ला अस्पतालमा उपचार जारी छ,’ डीएसपी विश्वकर्माले भने, ‘उपचाररत बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।’

१३ औँ दिनको पुन्य तिथिमा रोक्काका आफन्त र गाउँले गरेर झण्डै १५० जनाले खाना खाएका थिए। खानामा अचार खानेहरु बढी बिरामी परेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

भोटेकोसीको बाढीले छुटायो परिवार, उद्धवलाई सधैँका लागि खोस्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu