ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियन हाइवेको डाइभर्सन भत्किँदा यातायात अवरुद्ध


abc news
१८ जेष्ठ २०८२, आइतबार   १ : २५   बजे

काठमाडौ १८ जेठ । पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सन भत्किँदा यातायात अवरुद्ध भएको छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति भइरहेको एसियन हाइवेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा अविरल वर्षासँगैको बाढीले तीन वटा डाइभर्सन बगाएपछि शनिबार दिनभर यातायात अवरुद्ध भएको हो ।

मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ को डाइभर्सन बाढीले बगाउँदा त्यसक्षेत्र भएर चल्ने यातायात अवरुद्ध भएको हो । शुक्रबार रातीदेखि परेको वर्षाका कारण आएको बाढीले त्यसक्षेत्रका डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।

मेचीनगरको कालीखोलामा पुरानो पुल भत्काएर पक्की पुल निर्माण भइरहेको थियो । ढुकुरे खोलाको पुरानो कल्भर्टलाई विस्थापित गर्दै नयाँ कल्भर्ट बनिरहेको थियो । चारआलीको जंगल क्षेत्रमा वन्यजन्तु ओहोरदोहोरका लागि उपयुक्त हुने ‘एनिमल अन्डरपास’ निर्माणाधीन अवस्थामा रहेको र तीनै स्थानमा साँघुरो डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको बताउँदै उनले डाइभर्सन बगाएपछि राजमार्गसँग जोडिएका सहायक सडकमा घुमाएर लामो तथा छोटो दुरीको यातायात सञ्चालनको व्यवस्था मिलाएको जानकारी दिए ।

काँकडभिट्टाको काली खोलामा बाटो बगाउँदा त्यहाँ पूर्णरुपमा यातायात अवरुद्ध भएको, धुलाबारीको ढुकुरे खोलाको कल्भर्टमा बनाइएको डाइभर्सन बगाएको, त्यस्तै बुट्टाबारी चारआली सडकखण्डमा पनि डाइभर्सन बगाएको बताउँदै उनले चारआलीको ‘एनिमल अन्डरपास’ बाहेक कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत गरेर यातायात चल्न सक्ने बनाइएको जनाए ।

कालीखोला र भालुखोलाको पुरानो पक्की पुल भत्काइएको हुँदा त्यस स्थानमा नयाँ पुल बनाइसक्न समय लाग्ने देखिएको र ती स्थानमा तीन तहको ह्यूमपाइप हालेर बलियो डाइभर्सन बनाइने काँकडभिट्टा–लौकही सडक योजना कार्यालय ९पूर्वी खण्ड० का आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले बताए । यस वर्ष मनसुनी वर्षा अनुमान गरिएभन्दा १५ दिन अगावै सुरु भएकाले पूर्वयोजना अनुरुप डाइभर्सनलाई सुदृढ बनाउन नभ्याइएको उनले बताए ।

काँकडभिट्टा–लौकही सडक योजना कार्यालय ९पूर्वी खण्ड० का आयोजना प्रमुख इञ्जिनियर पन्तले सबैतिर सहज यातायात सञ्चालन हुने गरी डाइभर्सनको मर्मत सम्भार गरिने र आगामी १५ दिनभित्र सबै कल्भर्टमाथि दुई लेनबाट गाडी गुड्ने वातावरण बनाइने बताए । उनले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्‍यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गर्ने तयारी रहेको बताउँदै उनले निर्माणाधीन विर्तामोड पूर्वका डाइभर्सनमा बगरबाट संकलित पुरुवा हालेर सडक टालटुल गर्न थालेको जनाए ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले आफूले राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती भएका कारण यसपालिको वर्खामा राजमार्ग क्षेत्रमै बाढीजन्य विपद् निम्तिने एक साता अघि नै चेतावनी दिएको बताउँदै शुक्रबार रातीदेखि अविरलरुपमा परेको पानीका कारण आएको वाढीले मेचीनगरको धुलाबारी, चारआली र काँकरभिट्टा खण्डमा राजमार्गको तीन वटा अस्थायी सडक बगाउँदा बाढीजन्य विपद् निम्तिएको जनाए ।

बर्खा सुरु नहुँदै बाटोघाटोको अवस्था नाजुक भएको बताउँदै उनले समयमै यसलाई वास्ता नगरे यो वर्ष आवतजावतमा धेरै कठिनाई हुने बताए । राजमार्गको स्तरोन्नति क्रममा सडकको एक किलोमिटर खण्डमा दस वटा भन्दा बढी डाइभर्सन रहेका छन् । नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको र त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group