ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट राम्रो आयो, अब पूर्ण र सफल कार्यान्वयन होस् – महासंघ


abc news
१८ जेष्ठ २०८२, आइतबार   १ : ३५   बजे

काठमाडौ १८ जेठ । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको प्रशंसा गर्दै पूर्ण सफल कार्यान्वयन हुनुपर्ने बताएको छ।

यही १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷२०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका थिए।

‘बजेटमा आएका कुराहरुले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साहवद्र्धक बनाएको कुरा हामीले महशुस गरेका छौँ’, महासंघले भनेको छ, ‘तुलनात्मक रुपमा बजेटमा समेटिएका हाम्रो अर्थतन्त्रका सबल पक्षहरुमा कृषि, पर्यटन, ऊर्जा, आफ्नै कच्चा पदार्थमा आधारित उद्योग, सुचना प्रविधिको विकास लगायतका बिषयहरु समेटिनुले सिंगो अर्थतन्त्रका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ।’

स्टार्टअप र साना तथा मझौला व्यवसायीहरुलाई समेत सहयोग पुग्ने गरी आएको रोजगार प्रवद्र्धन कार्यक्रमले भविष्यमा रोजगारमूलक ग्रामीण अर्थतन्त्र सबल बन्दै जाने देखिएको महासंघले उल्लेख गरेको छ।

‘विगत लामो समयदेखि नेपाली अर्थतन्त्रमा देखिएको निराशालाई चिर्न यस बजेटले धेरै ठूलो योगदान पुर्याएको छ। जसलाई सिंङ्गो निजी क्षेत्र र आम जनसमुदायले सकारात्मक किसिमले अगाडि बढाउनुपर्दछ’, महासंघले भनेको छ।

नेपाली अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान पुर्याउने क्षेत्रको पहिचान र तिनको सुधार गर्दै ६ प्रतिशतको आर्थिक वृद्धि र ५।५ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने बजेटको उद्देश्य निकै प्रशंसनीय रहेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘विगत लामो समयदेखि हामीले उठाउदै आएका निजी क्षेत्रका साझा सवालहरु र सरकारले यसको जगमा रहि निजी क्षेत्रको समेत संलग्नतामा बनाइएको आर्थिक सुधार आयोगका सुझावहरु क्रमशः कार्यान्वयन गर्दै जाने कुराको आश्वासन समेत समेटिएकाले औपचारिक रुपमा राज्यको ड्राइभिङ सिटमा राजनीतिक पार्टी र जनताका प्रतिनिधि बसे पनि अनौपचारिक रुपमा निजी क्षेत्र पनि राज्यको अर्थतन्त्रको ड्राइभिङ सिटमा बसिरहेका छन् भन्ने कुरा राज्यले सुनिश्चितता गरेको महशुस भएको महासंघको भनाइ छ।

‘यसले आगामी दिनमा नेपालको अर्थतन्त्र गुणात्मक परिणामसहित सकारात्मक दिशामा अगाडि बढ्ने विश्वास लिएका छौँ’, महासंघले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group