ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहुघाट जलविद्युत् निर्माण अन्तिम चरणमा


abc news
१८ जेष्ठ २०८२, आइतबार   ३ : २४   बजे

काठमाडौ १८ जेठ । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको उक्त आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशकसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव तथा नेपालका लागि भारतीय राजदूत र अन्य उच्चपदस्थ अधिकारीले आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

यो आयोजनाको कुल अनुमानित लागत ९ अर्ब १७ करोड २६ लाख रुपैयाँ बराबर छ । आयोजनामा एक्जिम बैंक अफ इन्डियाको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लगानी रहेको छ । बाँकी रकम नेपाल सरकार तथा प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था गरिएको छ ।

आयोजना आगामी पुस महिनामा सक्ने लक्ष्य छ । आयोजना निर्माण कार्यलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य र इलेक्ट्रो–मेकानिकल कार्य गरी दुई लटमा विभाजन गरिएको छ ।

आयोजनाको लट–१ सिभिल तथा हाईड्रोमेकानिकल काम जयप्रकाश एशोसिएट लिमिटेड इण्डियाले ठेक्का लिएको छ । सिभिल कार्य अन्तर्गत बाँध, इन्टेक, डिस्यान्डर, टनेल, सर्ज साफ्ट, प्रेसर साफ्ट, विद्युत्गृह लगायत काम समावेश छन् । हालसम्म सिभिल कार्य अन्तर्गत करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।

यस आयोजनाको लट–२ इलेक्ट्रोमेकानिकल कामको जिम्मा भारत हेलिइलेक्ट्रिकल लिमिटेडले लिएको छ । इलेक्ट्रोमेकानिकल लट अन्तर्गत टर्बाइन, जेनेरेटर, गभर्नर, ट्रान्सफर्मर लगायत उपकरण आपूर्ति तथा जडान कार्य भइइहेको छ ।

हालसम्म इलेक्ट्रोमेकनिकल कार्य अन्तर्गत निर्माण व्यवसायीको प्लान्टमा भएका विभिन्न यन्त्र उपकरण निर्माण तथा त्यसको सफल परीक्षण, निर्माण स्थलमा भइसकेको आपूर्ति प्रगति र जडान भइसकेको प्रगतिका आधारमा इलेक्ट्रोमेकानिकल कार्य प्रगति करिब ५० प्रतिशत रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारण लाइनमा लुप–इन, लुप–आउट प्रणालीबाट प्रसारण गरिने भएको छ । यसको काम सम्पन्न भइसकेको छ ।

आयोजना सम्पन्न भएपछि ऊर्जा आपूर्तिको समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुग्नुका साथै स्थानीय स्रोत साधन सदुपयोग र राष्ट्रिय आर्थिक सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको प्राधिकरणले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group