ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यकर्तालाई प्रचण्डको निर्देशन– राजावादीविरूद्ध प्रतिकारका लागि तयार रहनू


एबीसी न्यूज
१८ जेष्ठ २०८२, आइतबार   ७ : ५२   बजे

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवादका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।
राजावादी छाडा बनेर आफूहरूमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै उनीहरूले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई उनले निर्देशन दिए । प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफारिरहेको आरोप पनि लगाए ।
उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको भन्ने प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सबै जनताको भएको जिकिर गरे । माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरि राजावादीले कु(प्रचार गरिरहेको उनले बताए ।
त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनविरुद्ध संघर्षसहित गणतन्त्रको विकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहोर्या‍उने जिम्मेवारी र चुनौती माओवादीको काँधमा रहेको उल्लेख गरे ।
उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारबाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए ।

प्रचण्डले आफूहरूको अभियान फेरि सुरु हुने बताउँदै जनतासँग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने जिकिर पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group