ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरण : अख्तियारको कारबाहीपछि ६६६ जनालाई विमानस्थलबाट फर्काइयो


abc news
१९ जेष्ठ २०८२, सोमबार   २ : ५३   बजे

काठमाडौ १९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो १० दिनको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काएको छ । सबैभन्दा धेरै यूएई जान खोज्नेहरूलाई फर्काइएको कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव एवम् तीर्थ भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले ७ जेठमा नियन्त्रणमा लिएर केरकार थालेपछि अध्यागमन कार्यालयले कडाइ गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृत एवम् सूचना अधिकारी अञ्जन न्यौपानेले ८ जेठदेखि १८ जेठको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काइएको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै यूएई जान खोज्ने ४३७ जनालाई फर्काइएको छ । त्यसपछि क्रमशः धेरै संख्या ओमान र कतार जान खोज्नेहरुको छ । फर्काइएकाहरुमा कम्बोडिया, मलेसिया जान खोज्नेहरू पनि छन् ।

भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्दा गृहमन्त्री रमेश लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएको पाइएपछि मन्त्री लेखक पनि विवादमा तानिएका छन् ।

भिजिट भिसाको नाममा मानव तस्करी हुने गरेको विषय विगतमा पनि सार्वजनिक हुने गरेकाले अध्यागमन विभागले २०८० माघ १० गतेदेखि ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागु गरेको थियो ।

त्यसमा भिजिट भिसामा विदेश जानेहरूसँग कम्तीमा ६ महिनाको अवधि भएको पासपोर्ट, दुईतर्फी टिकट, भिसा, सम्बन्धित देशको मुद्रा सटही ९कम्तीमा ५ सय डलर०, भ्रमण अवधिभर बस्ने होटल बुकिङको प्रमाणपत्र वा होटलमा नबसी आफन्तसँग बस्ने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने लगायतका नियम छ ।

तीमध्ये कुनै पनि एउटा डकुमेन्ट नपुगेमा यात्रा अनुमति नदिइने वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपाने बताउँछन् । ‘सोही आधारमा १० दिनको अवधिमा ६६६ जनालाई अध्यागमनबाट फर्काएका हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group