ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस भ्रातृ संस्थाको समयावधि फेरि थप्ने निर्णय


abc news
१९ जेष्ठ २०८२, सोमबार   २ : ५७   बजे

काठमाडौ १९ जेठ । नेपाली कांग्रेसले भ्रातृ संस्थाको अवधि अन्तिम पटकका लागि थप्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि थप्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको तदर्थ समितिको पदावधि थप्ने पक्षमा देखिएकाले निर्णय पनि सोहीअनुसार भएको शीर्ष तहका एक नेताले जानकारी दिए ।

‘अन्तिम पटकका लागि एकपटक समय थपौं भन्ने कुरा भएको छ । भंग गर्दा अर्को समस्या आउने उहाँको मनसाय थियो,’ बैठकमा सहभागी ती नेताले भने, ‘निर्देशक समिति र भ्रातृ संस्थाका अध्यक्षलाई बोलाएर पार्टीले तय गरेको कार्यतालिकामा अधिवेशन गर्न निर्देशन गर्ने मोटामोटी सहमति बनेको छ ।’

नेताहरूका अनुसार बढीमा असोजसम्मको समय(सीमा दिएर अवधि महाधिववेशन उन्मुख गराउने निर्णय भएको छ ।

कांग्रेसका १३ मध्ये पाँचवटा भ्रातृ संस्थाले मात्रै अधिवेशन गरेर निर्वाचित समिति ल्याएका छन् । प्रमुख भ्रातृ संस्थाहरू नेविसंघ, तरुण दल, महिला संघ लगायतले यसअघि तोकिएको समयमा महाधिवशेन गर्न सकेनन् ।

चैत मसान्तसम्मको समयावधि भित्र अधिवेशन गर्न पार्टीले निर्देशन समिति गठन गरेर निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu