ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजाले पटकपटक धोका दिए, फेरि धोका खाने पक्षमा कांग्रेस छैन- प्रवक्ता महत


abc news
१९ जेष्ठ २०८२, सोमबार   ३ : ०१   बजे

काठमाडौ १९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरणले नेपाली कांग्रेस पूर्वराजाबाट फेरि पनि धोका खाने पक्षमा नभएको बताएका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै डा। महतले भने, ‘हामीले हिजो संवैधानिक राजा मानेको राजाले पटकपटक धोका दिएको हुनाले अब फेरि पनि धोका खाने पक्षमा कांग्रेस छैन ।’

उनले भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्ने ठाउँ नभएको बताए । ‘त्यो शंकाको फाइदा दिन सकिंदैन । भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्न सकिंदैन,’ उनले भने, ‘त्यसैले अहिले राजतन्त्र फर्काउने बारेमा त कत्ति पनि कांग्रेस छैन ।’

उनले संविधानमा लेखिएको धर्म, संस्कृति लगायतको संरक्षणका विषयमा कसरी स्वामित्व लिन सकिन्छ भनेर भोलिका दिनमा पार्टीमा छलफल गर्ने बताए ।

उनले राजाको शासनकालमा तत्कालीन गृहमन्त्री कमल थापाले के गर्थे, के बोल्थे भन्ने सम्झन आवश्यक भएको बताए । ‘अलि सालअघि राजाको शासनकालमा के थियो भन्ने बारे गृहमन्त्रीको रूपमा त्यसको नेतृत्व गरिरहनुभएको थियो, उहाँका कस्ता कस्ता अभिव्यक्ति आएका थिए के के बोल्नुहुन्थ्यो रु,’ उनले सोधे ।

अहिले सूचना क्रान्ति भएकोले जे कुरा पनि सार्वजनिक हुने भए पनि राजाको शासनकालमा यस्तो सुविधा नभएको डा। महतले स्मरण गरे ।

‘अहिले त सामाजिक सञ्जाल, मिडिया र सूचना क्रान्तिको बेलामा हामी छौं । त्यसैले हरेक गतिविधि कर्नर(कर्नर, घरघरबाट हामीले खिचिरहेका हुन्छौं,’ उनले भने, उहाँ कमल थापा० को त्यो हाइलाइट भयो, हिजो त त्यो थाहा पनि पाइँदैन थियो कसलाई मार्‍यो, पिट्यो, थिच्यो, किच्यो, थुन्यो, बेपत्ता भयो पनि थाहा हुँदैनथ्यो । त्यसैले उहाँहरूले हामीलाई पाठ सिकाउन मिल्दैन ।’

उनले राजाको शासनमा यसरी प्रदर्शन गर्न नपाउने अवस्था रहेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताए ।

डा। महतले राजावादीहरूले संविधानको विरुद्धमा कुरा गर्दा पनि सरकारले मर्यादित भएर काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group